काठमाडौं। टेस्लाका प्रमुख कार्यकारी एलन मस्कले आफ्नो कम्पनी भारत प्रवेश गर्न लागेको बताएका छन्।
विद्युतीय कार उत्पादन गर्ने यो कम्पनीले हालै भारतमा ‘टेस्ला इन्डिया’ दर्ता गरेको छ।
कम्पनीले यसै वर्षदेखि काम थाल्ने जानकारी दिएको छ। मस्कले एक ब्लगको लिंकको ट्विटको जवाफमा लेखेका छन्– ‘बाचा अनुसार।’
ब्लगमा विश्लेषण गरिएको छ, ‘महंगो हुँदाहुँदै पनि यस्ता कारका लागि प्रमुख बजार भारतलाई कसरी विकसित गर्न सकिन्छ? यसै साताको पूर्वार्द्धमा अमेरिकी इलेक्ट्रिक कार निर्माता टेस्लाले आफ्नो भारतीय इकाइ दर्ता गरेको छ। र, टेस्ला भारतीय बजारमा प्रवेश गर्न तयार छ।
नियामक निकायको सूचनाअनुसार कम्पनीले ‘टेस्ला इन्डिया मोटर्स एन्ड इनर्जी प्रालि’ को बेंगलोरस्थित कम्पनीलाई कार्यालयमा दर्ता गराइसकेको छ।
टेस्लाले भारतमा आफ्नो निर्माण इकाइ र अनुसन्धान तथा विकास केन्द्र स्थापनाका लागि पाँच राज्यमा कुराकानी गरिरहेको छ।
गत महिना केन्द्रीय मन्त्री नितिन गडकरीले २०२१ मा टेस्ला सुरु हुने बताएका थिए। उनले उक्त कारको मागका आधारमा अर्को इकाइ पनि खुल्न सक्ने जानकारी दिएका थिए।
टेस्लाको सम्भावित साझेदारका रुपमा टाटा मोटर्सको नाम आएको थियो। तर, पछि उक्त योजना सफल हुन सकेन। मस्कले यसअघि पनि भारतमा आफ्नो कम्पनी आउन चाहेको ट्विटरमा उल्लेख गरेका थिए। (एजेन्सी)
" /> काठमाडौं। टेस्लाका प्रमुख कार्यकारी एलन मस्कले आफ्नो कम्पनी भारत प्रवेश गर्न लागेको बताएका छन्।विद्युतीय कार उत्पादन गर्ने यो कम्पनीले हालै भारतमा ‘टेस्ला इन्डिया’ दर्ता गरेको छ।

">