काठमाडौं। रियल टाइम सेटलमेन्ट (आरटीजीएस) प्रणाली तथा मोडुलर डाटा सेन्टर औपचारिक रुपमा हस्तान्तरण गरी नेपाल राष्ट्र बैंकले लिने निर्णय भएको छ।
आज आयोजित कार्यक्रममा अन्तराष्ट्रिय दातृ निकाय डिपार्टमेन्ट फर इन्टरनेश्नल डेभलपमेन्ट अन्तर्गत यूकेएडसँगको सहकार्यमा २०७६ सालदेखि सञ्चालनमा रहेको सिस्टम राष्ट्र बैंकले नै लिने निर्णय भएको हो।
कार्यक्रममा भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक भुवन कँडेलले आरटीजीएस सिस्टममार्फत हुने कारोबार हाल औसतमा मासिक १३ खर्ब रुपैयाँ बराबर रहेको जानकारी दिए।
उनका अनुसार यस सिस्टममा ३७ वटा बैंक तथा वित्तीय संस्थाको सहभागिता रहेको र यो संख्या बढ्दो क्रममा रहेको देखिएको छ।
यस्तै, कार्यक्रममा यूकेएडका टिम लिडर निर्मल दाहाल र राष्ट्र बैंकका कँडेलबीच उक्त सिस्टम हस्तान्तारण सहमतिपत्र आदानप्रदान गरे।
कार्यक्रममा उपस्थित नेपालस्थित वेलायती राजदुतावासका प्रतिनिधि क्लार्कले नेपालको वित्तीय क्षेत्रको सुदृढीकरणको लागि आगामी दिनमा पनि सहयोग गर्ने प्रतिवद्घता ब्यक्त गरे।
राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपालको वित्तीय क्षेत्रको सुदृढीकरण तथा वित्तीय पुर्वाधार विकासका लागि बेलायत सरकारको उल्लेखनीय सहयोग रहेको बताए।