काठमाडौं। बैंक तथा वित्तीय संस्थाले सर्वसाधारण नेपाली तथा लगानीकर्ताहरुले सजिलै बुझ्न सक्ने प्रणालीमा वित्तीय विवरण सार्बजनिक आवश्यक पर्ने नेपाल बैंकर संघले बताएका छन्।
नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले आयोजना गरेको नेपाल फाइनान्सियल रिपोर्टिङ स्ट्यान्डर्डले (एनएफआरएस) सम्बन्धि तालिम कार्यक्रममा संघले यस्तो बताएको हो।
कार्यक्रममा बैंकर्स संघका उपाध्यक्ष तथा कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल उपाध्यायले बैंक तथा वित्तीय संस्थाले सर्वसाधारण नेपाली तथा लगानीकर्ताले सजिलै बुझ्ने प्रणालीमा वित्तीय विवरण सार्बजनिक गर्न आवश्यक रहेको बताए।
उनले सर्बसाधारण लगानीकर्ताले बुझ्ने गरी वित्तीय विवरण सरल र नेपाली भाषामा प्रकाशन गर्न बैंकरहरुबीच छलफल सुरु भएको र संघमा औपचारिक रुपमा अघि बढाउने जानकारी दिए।
यसअघि बैंकहरुले प्रकाशन गर्ने वित्तीय विवरण आफ्नो ब्यवसायीक अवस्था राम्रो रहेको मात्र देखाउन प्रकाशन गर्ने गरेको तर एनएफआरएस लागु भएपछि बैंकहरुले संस्थाको ब्यवस्थापकीय हिसाबलाई प्राथमिकतामा राख्ने उनको भनाइ छ।
तालिममा ३० जनाभन्दा बढी आर्थिक पत्रकार सहभागी थिए। तालिममा नेपाल राष्ट्र बैंक नियमन विभागका सहायक निर्देशक सुजन खनाल, स्ट्यान्डर्ड चार्डर्ट बैंकका लेखानियन्त्रक सुरज लामिछाने लगायतले सहजकर्ताको भुमिका निभाएका थिए।