काठमाडाैं। काठमाडौं उपत्यकामा सवारीसाधनको चाप बढी हुने सडकमा पर्ने कोटेश्वर-जडीबुटी सडक विस्तार अघि बढेको छ। डिभिजन सडक कार्यालय काठमाडौंले आगामी असारसम्ममा सडक निर्माण सम्पन्न गर्ने गरी ठेक्का सम्झौता गरिएको जनाएको छ।
सो सडकमा निर्माणस्थल खाली भएसँगै निर्माण अघि बढाउन लागिएको हो। हालसम्म सो सडकको निर्माणको काम सात प्रतिशत सकिएको डिभिजन प्रमुख कुवेर नेपालीले बताए। टुन्डी सुसन जेभिसँग सो सडकको निर्माण ६ महिनामा सम्पन्न गर्ने गरी ठेक्का सम्झौता गरिएको थियो। सडकका लागि १२ करोड रुपैयाँ छुट्याइएकामा आठ करोड रुपैयाँमा ठेक्का सम्झौता भएको उनले बताए। उनका अनुसार सडकमा तीन लेन थपेर विस्तार गरिने छ। उनले भने, “कोटेश्वरबाट जडीबुटीतर्फ जाँदा दायाँ दुई लेन र बायाँ एक लेन थप गर्न लागिएको छ।”
सो सडकमा विस्तारको तयारी अन्तिम चरणमा पुगेको छ। हाल चार लेन रहेकामा तीन लेन थप्न संरचना हटाउने काम अघि बढेको छ। उक्त सडकमा तीन लेन थपिएपछि यहाँको सवारी चाप केही कम हुनेछ। डिभिजनले गत भदौदेखि सडकका दुवैतर्फको निर्माणस्थल खाली गरिरहेको जनाएको छ। देशभरका अधिकांश सडक निर्माणमा त्यहाँ रहेका पूर्वाधार हटाउँदै काम अघि बढाइएको प्रमुख नेपालीले बताए। उनले भने, “संरचना हटिसकेपछि निर्माणको काम सरासर अघि बढ्न सक्ने छ।”
सडक निर्माणका क्रममा विमानस्थलको सुरक्षालाई ध्यान दिइएको छ। बाहिरी बारलाई पहिले स्थानान्तरण गरिसकेपछि मात्रै अहिलेको बार भत्काइएको हो। विमानस्थलले सडक चौडा गर्न सहमति दिएसँगै सडक विस्तारलाई बाटो खुलेको थियो। अहिले उत्तरतर्फको एउटा घरका कारण निर्माणस्थल खाली हुन नसक्ने देखिएकाले घर धनीसँग कुरा भइरहेको र सहमतिमा ल्याएर जग्गा उपलब्ध गराउनेतर्फ प्रयास भइरहेको छ।
सडक निर्माणको केही समयमा भत्काउन नपरोस् भनी सडकमा बिच्छ्याउने संरचना पहिले नै राखिनेछ। यसका लागि विद्युत् प्राधिकरण, नेपाल टेलिकमलगायतका सेवा प्रदायक संस्थासँग समन्वयमा संरचना निर्माण भइरहेको छ। सडक निर्माणसँगै सो स्थानमा अपाङ्गतामैत्री सहितको पैदलयात्रुमार्ग र हरियाली क्षेत्र हुनेछ। त्यसपछि जडीबुटीबाट आएका सवारीसाधन कोटेश्वर हुँदै बालकुमारीतर्फ र कोटेश्वरबाट आएका जडीबुटी हुँदै पेप्सीकोलातर्फ जान रोकिने छैनन्। चोक नै पार गर्नुपर्दा केही समय रोकिए पनि चोक पार नगर्ने सवारी भने राकिने छैनन्। सो सडक आगामी दिनमा मनोहरा पुलसम्म विस्तार गर्ने योजना छ।
सामान्य अवस्थामा यो सडकमा लामो समयसम्म जाम हुँदा यात्रु र सवारीचालक हैरान थिए। तीनकुनेबाट लोकन्थलीसम्म नै जाम हुँदा नागरिकलाई केही किमी यात्रा गर्न घण्टौँ लाग्ने गरेको थियो। अहिलेको सडक विस्तार अल्पकालीन समाधान भए पनि दीर्घकालीन रुपमा यसको समाधान ‘अण्डर पास’ वा ‘फ्लाई ओभर’ नै भएको सडक विभागले बताउँदै आएको छ। यी संरचना बन्न अझै केही वर्ष लाग्नेछ। तीनकुने-सूर्यविनायक सडक विस्तार गरेको जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)ले सो स्थानमा ‘फ्लाई ओभर’ वा ‘अण्डर पास’ निर्माणका लागि अध्ययन गरिसकेको छ। रासस
" /> काठमाडाैं। काठमाडौं उपत्यकामा सवारीसाधनको चाप बढी हुने सडकमा पर्ने कोटेश्वर-जडीबुटी सडक विस्तार अघि बढेको छ। डिभिजन सडक कार्यालय काठमाडौंले आगामी असारसम्ममा सडक निर्माण सम्पन्न गर्ने गरी ठेक्का सम्झौता गरिएको जनाएको छ।सो सडकमा निर्माणस्थल खाली भएसँगै निर्माण अघि बढाउन लागिएको हो। हालसम्म सो सडकको निर्माणको काम सात प्रतिशत सकिएको डिभिजन प्रमुख कुवेर नेपालीले बताए। टुन्डी सुसन जेभिसँग सो सडकको निर्माण ६ महिनामा सम्पन्न गर्ने गरी ठेक्का सम्झौता गरिएको थियो। सडकका लागि १२ करोड रुपैयाँ छुट्याइएकामा आठ करोड रुपैयाँमा ठेक्का सम्झौता भएको उनले बताए। उनका अनुसार सडकमा तीन लेन थपेर विस्तार गरिने छ। उनले भने, “कोटेश्वरबाट जडीबुटीतर्फ जाँदा दायाँ दुई लेन र बायाँ एक लेन थप गर्न लागिएको छ।”

">