उत्पादनमूलक उद्योगलाई लकडाउन अवधिको विद्युत डिमाण्ड शुल्क छुट
काठमाडौं। कोभिड–१९ ले प्रभावित उत्पादनमूलक उद्योगलाई लकडाउन अवधिभरको विद्युत डिमाण्ड शुल्क छुट भोलिदेखि कार्यान्वयन हुने भएको छ।

अर्थमन्त्री विष्णुप्रसाद पौडेलको अध्यक्षतामा अर्थ मन्त्रालयमा बसेको बैठकले भोलिदेखि विद्युत डिमाण्ड शुल्क छुट कार्यान्वयन गर्ने निर्णय गरेको हो।

अर्थमन्त्री पौडेलले निर्णय कार्यान्वयनबाट उद्योगहरु लाभान्वित हुने र कोभिड–१९ बाट प्रभावित अर्थतन्त्र जगाउन थप सहयोग पुग्ने विश्वास व्यक्त गरे।

बैठकमा औद्योगिक ब्यवसाय नियमावली, २०७६ मा उल्लेखित ५८ प्रकारका उद्योगलाई आधार मानेर छुट दिने सहमति भएको छ।

आर्थिक वर्ष २०७७÷७८ को बजेटमा कोभिड–१९ का कारण प्रभावित उत्पादनमूलक उद्योगलाई लडडाउन अवधिभर विद्युत डिमाण्ड शुल्क छुट दिने र माग कम हुने समयको विद्युत खपतमा ५० प्रतिशत छुट दिने उल्लेख गरिएको थियो।

बैठकमा अर्थ मन्त्रालयसहित, उद्योग र उर्जा मन्त्रालय, नेपाल विद्युत प्राधिकरण र उद्योग विभागका प्रतिनिधिको सहभागिता थियो।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्