काठमाडौं। चालू आर्थिक वर्ष २०७७/७८ को पहिलो ६ महिनामा आयात घटेपनि पुस महिनामा भने आयात बढेको छ। भन्सार विभागको तथ्यांक अनुसार मंसिरको तुलनामा पुसमा आयात बढेको हो।
अघिल्लो वर्षको पुसमा नेपालमा कुल एक खर्ब १३ अर्ब ४४ करोड रुपैयाँको सामान आयात भएको थियो। तर, यो वर्षको पुसमा एक खर्ब ३५ अर्ब ७४ करोड रुपैयाँको आयात भएको छ। जुन, अघिल्लो वर्षको तुलनामा १९.६६ प्रतिशतले बढी हो।
यस्तै, यस वर्षको पुसमा नेपालबाट हुने निकासी पनि बढेको छ। पुस महिनामा नेपालबाट विदेशतर्फ १० अर्ब ७४ करोड रुपैयाँको निर्यात भएको छ।
अघिल्लो वर्ष नेपालबाट ९ अर्ब ६६ करोड रुपैयाँको मात्रै निकासी भएको थियो। जुन, यो वर्षको भन्दा ११.१८ प्रतिशत कम हो।
विदेशबाट हुने आयातको परिमाण बढेसँगै भन्सार राजश्व पनि उल्लेख्य रुपमा सुधार आएको छ। भन्सार विभागको तथ्यांकले पुस महिनामा ३७.७७ प्रतिशतले भन्सार कर बढेको देखाएको छ।
अघिल्लो वर्ष २७ अर्ब ९९ करोडको भन्सार संकलन भएकामा यो वर्ष बढेर ३८ अर्ब ५७ करोड पुगेको छ।
आयात घट्यो, भन्सार राजश्व बढ्यो
पुस महिनामा आयात बढेपनि चालू वर्षको समग्र ६ महिनामा भने आयात घटेको छ। भन्सार विभागका अनुसार ६ महिनामा ४.८१ प्रतिशतले आयात घटेको छ।
अघिल्लो वर्षको पुस महिनामा ६ खर्ब ९४ अर्ब ६९ करोड रुपैयाँको सामान आयात भएको थियो। तर, यो वर्ष ४.८१ प्रतिशतले घटेर ६ खर्ब ६१ अर्ब २४ करोड रुपैयाँको मात्रै आयात भएको छ।
आयात घटेपनि निर्यातमा केही सुधार आएको छ। यस अवधिमा नेपालबाट ६० अर्ब ७९ करोडको निकासी भएको छ। जुन, अघिल्लो वर्षकोभन्दा ६.१५ प्रतिशतले बढी हो।
आयात घटेपनि भन्सार राजश्वमा भने सुधार आएको छ। ६ महिनाको अवधिमा राजश्व संकलनको दर ९.१५ प्रतिशतले बढेको छ। अघिल्लो वर्ष एक खर्ब ८० अर्ब ७० करोड राजश्व संकलन भएकोमा यस वर्ष एक खर्ब ९७ अर्ब २४ करोड रुपैयाँ राजश्व संकलन भएको छ।