काठमाडौं। एनसेल आजियाटा लिमिटेडले सानादेखि ठूला सबै प्रकारका उद्योग, प्रतिष्ठान र कार्यालयहरूलाई आवश्यकता अनुसारको सम्पूर्ण सेवा प्रवाह गर्न ‘बिजप्लस’ प्लान सञ्चालनमा ल्याएको छ।
कोरोना महामारीका कारण देशभरका साना, ठूला सबै प्रकारका उद्योगधन्दा, कलकारखाना र व्यावसायले विभिन्न चुनौतीहरूको सामना गर्नु परिरहेको छ। यसै अवस्थाबीच एनसेलले हाल सञ्चालनमा रहेको आफ्नो ‘फास्ट फरवार्ड लाइफ’ अभियानअन्तर्गत नयाँ बिजप्लस प्लान ल्याएको हो। यो अभियानले भविष्यको पुनःकल्पना गर्दै डिजिटल पावरका साथ छिटो अगाडि बढ्न अभिप्रेरित गर्ने कम्पनीले जनाएको छ।
‘‘आफ्नो पुरानो बिजप्लानलाई परिमार्जित गर्दै सुलभ दरमा अझ थप सेवा सुविधाका साथ ग्राहकका आवश्यकताबमोजिम सेवा प्रवाह गर्नका बिजप्लस प्लान ल्याउन पाएकोमा कम्पनी हर्षित रहेको छ,’’ कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ, ‘‘भ्वाइस, डेटा, एसएमएसका साथै उपयोगी डिजिटल सेवाहरू समावेश गरिएका यी प्लानहरूले उद्यमी, व्यावसायीहरूलाई नव सामान्यीकरण आत्मसाथ गर्दै छिटो अगाडि बढ्न र उनीहरूको लक्ष्य प्राप्तिका लागि योगदान गर्दछ।’’
नयाँ बिजप्लस प्लानहरू साना तथा मझौला व्यावसाय, ठूला उद्योग र सरकारी कार्यालयहरूलाई लक्षित गरी ल्याइएको छ। साना तथा मझौला उद्योग र सरकारी कार्यालय तथा निकायहरूले ३० दिनका लागि करबाहेक १४९ रूपैयाँबाट सुरू हुने बिजप्लस प्लान लिन सक्छन् भने ठूला उद्योग तथा कर्पोरेटले मासिक करबाहेक २९९ रूपैयाँबाट सुरू हुने प्लानहरू सुचारू गर्न सक्छन्।
नयाँ बिजप्लस प्लानअन्तर्गत ग्राहकले एनसेल नेटवर्कभित्र बिजनेश आवरमा निःशुल्क भ्वाइस तथा एसएमएस गर्न, एफएनएफ अर्थात् परिवार तथा साथीभाइका कुनै दुईवटा निश्चित नम्बरमा अनलिमिटेड कल गर्न र मासिक रेन्टल शुल्क तिर्न नसकेमा पनि सेवा रद्द नहुनेजस्ता आकर्षक सुविधाहरू पाउँछन्। यसका साथै बिजप्लान प्लस प्रयोग गर्ने ग्राहकले विभिन्न डिजिटल सेवाहरू, डाक्टरसँग परामर्श, कर्पोरेट युजर गु्रपमा निःशुल्क कल तथा एसएमएस, मोबाइल सेक्युरिटीलगायत थप आकर्षक सेवाहरूको फाइदा लिन सक्ने छन्।
‘‘साना तथा मझौला उद्योगीले आफ्नो आवश्यकता अनुसार ३० दिनको १४९ रूपैयाँ वा १९९ रूपैयाँ शुल्क लाग्ने प्लानहरू सुचारू गर्न सक्छन्। कर्पोरेट ग्राहकले २९९ देखि एक हजार ४९९ सम्मका ६ वटा बिजप्लानमध्ये कुनै पनि प्लान सुचारु गर्न सक्छन्,’’ विज्ञप्तिमा भनिएको छ, ‘‘त्यस्तै सरकारी कार्यालयका ग्राहकले १४९ देखि ४९९ रूपैयाँसम्मका चार वटा प्लानहरूमध्ये आफ्नो आवश्यकता अनुसार कुनै पनि प्लान सुचारू गर्न सक्छन्। बिजप्लानअन्तर्गत मासिक शुल्क प्लानमा रहेको सेवा तथा सुविधाको आधारमा रहेका छन्।’’