काठमाडौं । सरकारले परिक्षणका रुपमा ‘नागरिक एप’ सार्वजनिक गरेको चार दिनमै दुई लाख ४९ हजार पाँच सय २६ जनाले डाउनलोड गरिसकेका छन् । राष्ट्रिय सूचना प्रविधि केन्द्रका अनुसार सोमबार ४ बजेसम्ममा एप डाउनलोड गरेका हुन् ।
यस अवधिसम्म डाउनलोड गरेका मध्ये ६३ हजार छ सय एक जनाले यसमा सफलतापूर्वक आफुलाई दर्ता (लगइन) गरिसकेका छन् ।
यसैगरी, अहिलेसम्म एक लाख ७५ हजार सात सय २५ को भने प्रमाणीकरण भएको छैन ।आफ्नो नाममा सिमकार्ड नभएकाहरुको प्रमाणीकरण हुन नसकेको केन्द्रका प्रवक्ता रमेशप्रसाद पोखरेल बताए ।
सरकारले परिक्षणका रुपमा यो एपलाई सार्वजनिक गरेको थियो । परिक्षणकालमा बढीमा ३० हजारसम्मले डाउनलोड र आफुलाई दर्ता गर्ने अनुमान सञ्चार मन्त्रालयको थियो । तर अनुमान गरिएको भन्दा ८ गुणम बढीले यो एपलाई डाउनलोड गरिसकेका छन् ।
सबै सरकारी सेवालाई एकिकृत गर्ने लक्ष्यसहित सुरु गरिएको नागरिक एपमा सरकारले प्रदान गर्ने विभिन्न सेवा/सुविधालाई राखिएको छ । एपभित्र नागरिकता, मतदाता परिचयपत्र, राहदानी, शैक्षिक प्रमाणपत्र जस्ता क्षेत्र बनाइएका छन् ।
यसैगरी, कर्मचारी सञ्चय कोष र स्थायी लेखा नम्बर (प्यान) राखिएको छ । यो एपमा रजिस्टार भएपछि सर्वसाधारणले आफ्नै नाम र नम्बरको आधारमा सरकारी निकायले दिने सरकारी प्रमाणपत्रमा प्रमाणीकरण गराउन सक्नेछन्। नागरिक एपमा रजिस्टार गरेका ६३ हजारमध्ये सबैभन्दा धेरैले आफुलाई नागरिकता नम्बरमा आबद्ध गरेका छन् । उनीहरुले एपमा लगइन गरेपछि नागरिकतातर्फ गएको प्रवक्ता पोखरेलले बताए ।
एपमा ४३ हजारभन्दा धेरैले नागरिकता नम्बरमा आफुलाई आबद्ध गराएका छन् । त्यसपछि, २८ हजार सात सय २५ जनाले स्थायी लेखा (प्यान) नम्बरतर्फ गएका छन् । चार सयभन्दा बढीले यही एपको माध्यमबाट प्यान नम्बरसमेत लिएका छन् ।
यसैगरी, २३ हजार चार सय १० ले पासपोर्ट, १९ हजार नौ सय ४५ ले मतदाता परिचयपत्र, २० हजार तीन सय ६६ जनाले शैक्षिक प्रमाणपत्र र दुई हजार सात सय ९० जनाले कर्मचारी सञ्चय कोषको प्रमाणपत्रमार्फत लगइन गरेका छन् ।