कारोबार सुरु भएदेखि नै घट्न थालेको बजार अन्तिमसम्मा ५.५७ अंकले घटेर रोकिएको छ । यसक्रममा आज नेप्से परिसूचक दुई हजार तीन सय २६ अंकमा आइपुगेको छ । ">
सेयर बजारमा सामान्य गिरावट
कारोबार सुरु भएदेखि नै घट्न थालेको सेयर बजार अन्तिमसम्म ५.५७ अंकले घटेर रोकिएको छ । यसक्रममा आज नेप्से परिसूचक दुई हजार तीन सय २६ अंकमा आइपुगेको छ ।
बजार घटेपनि आज कारोबार रकम भने सुधारिएको छ । एक करोड ६३ लाख कित्ता सेयर किनबेच हुँदा सात अर्ब ४६ करोड रुपैयाँको कारोबार भएको छ ।
बजार घटेपनि व्यापार, वित्त र जीवन बीमा समूहमा भने सुधार आएको छ । ब्यापार समूहको सूचक ३९, वित्तको ३७ र जीवन बीमा समूहको सूचक ५३५ अंकले बढेको छ ।
यी बाहेक अन्य सबै समूहमा आज गिरावट आएको छ । सबैभन्दा बढी निर्जीवन बीमा कम्पनी समूहमा एक सय २४ अंकले गिरावट आएको छ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी समूहको सेयर मूल्य सबैभन्दा बढी दुई सय २४ रुपैयाँले बढेको छ ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्