काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले उखु किसानको बक्यौता रकम छिटो भुक्तानी गर्न माग गरेको छ । आयोगले एक विज्ञप्ती जारी गर्दै आन्दोलन गरिरहेका किसान र उद्योग मन्त्रालयबीच गएको पुस १३ गते भएको सम्झौतालाई तत्काल कार्यन्वयन गर्दै छिटो भुक्तानी दिन माग गरेको छ ।
“तराई मधेशका उखु किसानले लामो समयदेखि गरिरहेको माग तथा संघर्षका कार्यक्रमलाई आयोगले नजिकबाट अनुगमन गरिरहेको छ,” विज्ञप्तीमा उल्लेख छ ।
मन्त्रालय र किसानबीच भएको सम्झौतापछि आयोगको प्रदेश कार्यालय जनकपुरले धनुषा र सर्लाही जिल्लाको स्थलगत अनुगमन गरेर किसानको समस्याको बारेमा जानकारी संकलन गरेको छ । अनुगमनमा संघर्ष समितिका संयोजक, चिनी मिल र स्थानीय उखु किसानसँग छलफल गरेको थियो ।
यस्तै, आन्दोलनका क्रममा काठमाडौंमा गत पुस १४ गते मृत्यु भएका नारायण राय यादवको सर्लाहीस्थित घरमा पुगेर परिवारको आर्थिक र सामाजिक अवस्थाको बारेमा जानकारी लिएको छ । यादवको परिवार तथा अन्य किसानले अझै पाउन बाँकी रहेको सम्पूर्ण रकम छिटो उपलब्ध गराउन आयोगले माग गरेको हो ।
सम्झौताअनुसार रकम उपलब्ध नगराउने उद्योगीलाई तत्काल कानुनी कारवाहीको दायरामा ल्याउन आयोगले नेपाल सरकारको ध्यानाकर्षणसमेत गराएको छ ।