काठमाडौं। नेपाल चेम्बर अफ कमर्सको सहकार्यमा भारतको पीएचडी चेम्बर अफ कमर्सले जनवरी २० देखि २३ सम्म भर्चुअल ‘फाइभ पी नेपाल अन्तर्राष्ट्रिय एक्स्पो’को आयोजना गरेको छ।
प्लास्टिक, पेपर, प्रिन्टिङ, प्रोसेसिङ र प्याकेजिङसम्बन्धी जानकारी दिन भारतीय चेम्बर अफ कमर्सले नेपालमा तीन दिने भर्चुअल एक्सपो आयोजना गरेको हो।
उक्त एक्स्पोको भर्चुअल उद्घाटन कार्यक्रममा नेपाल भारत व्यवसाय प्रवर्द्धनका चुनौती तथा सम्भावना विषयमा वेबिनारसमेत आयोजना गरिएको छ।
कार्यक्रममा नेपाल चेम्बरका अध्यक्ष राजेशकाजी श्रेष्ठले कोभिडको बेलामा नेपाल भारतबीच व्यवसाय प्रवर्द्धनका विषयमा कार्यक्रम आयोजना गरेकोमा पीएचडी चेम्बरलाई धन्यवाद दिए।
“भारतले अन्य मुलुकहरूमा गरेको लगानीको तुलनामा नेपालमा नगन्य लगानी भएकोले भारत तथा नेपालका निजी क्षेत्रले नेपालमा भारतीय लगानी बढाउन संयुक्त पहल गर्नुपर्छ,” उनले भने।
नेपालमा कृषि, जडीबुटीजन्य, खनिज पदार्थ तथा हाइड्रोपावर क्षेत्रमा लगानीको सम्भाव्यता भएको श्रेष्ठको भनाइ छ।
कार्यक्रममा नेपालस्थित भारतीय दूतावासका प्रथम सचिव अभिषेक उपाध्यायले फाइभ पी (प्लास्टिक, पेपर, प्रिन्टिङ, प्याकेजिङ र प्रोसेसिङ) को बजार सम्भाव्यता बारेमा जानकारी दिए।
पीएचडी चेम्बर अफ कमर्सका महासचिव सौरभ सन्यालले नेपाल भारतको ठूलो व्यापारिक साझेदार भएको मुलुक भएकाले दुई मुलुकबीचको व्यापारिक सम्बन्धलाई महत्त्व दिएको बताए।
पीएचडी चेम्बरबाट आयोजना भएको भर्चुअल एक्सपोले दुई मुलुकबीचको सम्बन्ध थप प्रगाढ हुने विश्वास व्यक्त गरे।
पीएचडी चेम्बरले फ्युचरेक्स ट्रेड फेयर एण्ड इभेण्ट्सले आयोजना गरेको यस एक्सपोमा नेपालभर रहेका प्लास्टिक, पेपर, प्रिन्टिङ, प्याकेजिङ र प्रोसेसिङसँग सरोकार राख्नेलाई यस एक्स्पोमार्फत सम्पर्क तथा समन्वय गरी व्यापार साझेदारी नवीनतम प्रविधि प्रदर्शन र संवाद गर्न, साझा मञ्च प्रदान गर्ने उद्देश्य राखेको छ।
गत वर्ष (४ देखि ६ पुस) पनि पीएचडी चेम्बरले नेपालमा विशेष अन्तर्राष्ट्रिय प्रदर्शनी भृकुटीमण्डप काठमाडौंमा आयोजना गरेको थियो।
" /> काठमाडौं। नेपाल चेम्बर अफ कमर्सको सहकार्यमा भारतको पीएचडी चेम्बर अफ कमर्सले जनवरी २० देखि २३ सम्म भर्चुअल ‘फाइभ पी नेपाल अन्तर्राष्ट्रिय एक्स्पो’को आयोजना गरेको छ।प्लास्टिक, पेपर, प्रिन्टिङ, प्रोसेसिङ र प्याकेजिङसम्बन्धी जानकारी दिन भारतीय चेम्बर अफ कमर्सले नेपालमा तीन दिने भर्चुअल एक्सपो आयोजना गरेको हो।

">