काठमाडौं। भन्सार विभागले अर्को सातादेखि ‘नेपाल राष्ट्रिय एकद्वार प्रणाली’ सुरू गर्ने भएको छ। नेपालको वैदेशिक व्यापारलाई सहजीकरण गर्न विभागले एकद्वार प्रणाली सुरू भएको हो।
अर्थ मन्त्रालयमा आज आयोजित कार्यक्रममा विभागका महानिर्देशक सुमन दाहालले अर्को सातादेखि उक्त सेवा सुरू गर्न लागेको बताए। एकद्वार प्रणालीमा वैदेशिक व्यापार गर्दा चाहिने सबै प्रक्रिया एउटै निकायले प्रदान गर्नेछ।
जसअनुसार सुरूआती चरणमा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, पशु सेवा विभाग र प्लान्ट क्वारेन्टाइनले दिने सबै सेवा एकै ठाउँबाट उपलब्ध गराइनेछ।
तीनवटा विभागबाट सुरू गरिने प्रणालीलाई चरणबद्ध रूपमा विस्तार गरिँदै लग्ने विभागले जानकारी दिएको छ।
विभागका अनुसार एकद्वार प्रणाली सुरू भएपछि तीनवटै विभाग र त्यसअन्तर्गतका कार्यालयहरूमा डिजिटल प्रणालीको सुरूआत हुनेछ। लाइसेन्स वा अनुमतिका लागि निकास तथा पैठारीकर्ताहरू विभाग तथा कार्यालयहरूमा पुगिराख्नु पर्ने छैन। उक्त प्रणालीमा कागजी नभई ‘पेपरलेस’ काम हुने दाहालले बताए।
अर्थमन्त्री विष्णुप्रसाद पौडेलले एकद्वार प्रणाली सुरू भएपछि व्यापारका लागि सहजीकरण हुने, अनियमितता र राजस्व चुहावट नियन्त्रण हुने, कार्य सम्पादन छिटो र प्रभावकारी हुने विश्वास व्यक्त गरे।
उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले कार्यान्वयनका लागि दक्ष जनशक्तिको व्यवस्था गर्न र अनुगमन प्रणालीमा विशेष ध्यान आवश्यक रहेको बताए।
कृषि तथा पशुपन्छी विकास पद्माकुमारी अर्यालले एकद्वार प्रणालीले सेवा प्रवाहलाई पारदर्शी बनाउने बताउँदै सबै निकायमा पूर्णरूपमा लागू गर्ने बताइन्।
प्रणाली सुरू भएपछि वैदेशिक व्यापारसँग जोडिएका सरकारी र निजी गरी ४० वटा निकायमा एकद्वार प्रणाली लागू हुनेछ।
अर्थ मन्त्रालय, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र कृषि तथा पशुपन्छी विकास मन्त्रालयबीचको समन्वय र सहकार्यमा एकद्वार प्रणाली लागू हुने बताइएको छ।
" /> काठमाडौं। भन्सार विभागले अर्को सातादेखि ‘नेपाल राष्ट्रिय एकद्वार प्रणाली’ सुरू गर्ने भएको छ। नेपालको वैदेशिक व्यापारलाई सहजीकरण गर्न विभागले एकद्वार प्रणाली सुरू भएको हो।अर्थ मन्त्रालयमा आज आयोजित कार्यक्रममा विभागका महानिर्देशक सुमन दाहालले अर्को सातादेखि उक्त सेवा सुरू गर्न लागेको बताए। एकद्वार प्रणालीमा वैदेशिक व्यापार गर्दा चाहिने सबै प्रक्रिया एउटै निकायले प्रदान गर्नेछ।

">