काठमाडौं। नेपाल इन्भेस्टमेण्ट बैंक (एनआईबीएल)ले आजदेखि सिटी एक्सप्रेस फाइनान्स कम्पनीसँग संयुक्त कारोबार सुरू गरेको छ।
एनआईबीएल र सिटी एक्सप्रेसबीच तीन शाखाबाट संयुक्त कारोबार गर्ने कम्पनीले जानकारी दिएको छ।
कम्पनीले बताएअनुसार आजबाट घण्टाघर, बिर्तामोड र गाईघाट शाखाबाट संयुक्त कारोबार सुरू भएको छ।
हाल बैंकले ८६ वटा शाखा, एक सय २८ वटा एटीएम, २० वटा एक्स्टेन्सन काउन्टर, १० वटा राजस्व संकलन काउन्टर र ५९ वटा शाखारहित बैंकिङ काउन्टरमार्फत आफ्ना ग्राहकलाई सेवा पुर्याउँदै आएको छ।
पाँच पटकसम्म फाइनान्सियल टाइम्सबाट ‘बैंक अफ द ईयर’ अवार्ड पाइसकेको यस बैंक अन्तर्राष्ट्रिय प्रकाशन युरोमनीबाट अनुकरणीय सेवा र व्यवसायका लागि ‘बेस्ट बैंक २०१८’ युरोमनी अवार्डबाटसमेत पुरस्कृत भइसकेको छ।
" /> काठमाडौं। नेपाल इन्भेस्टमेण्ट बैंक (एनआईबीएल)ले आजदेखि सिटी एक्सप्रेस फाइनान्स कम्पनीसँग संयुक्त कारोबार सुरू गरेको छ।एनआईबीएल र सिटी एक्सप्रेसबीच तीन शाखाबाट संयुक्त कारोबार गर्ने कम्पनीले जानकारी दिएको छ।

">