काठमाडौं। अर्थसचिव शिसिरकुमार ढुंगानाले कोभिड–१९ ले सुस्ताएको अर्थतन्त्र विस्तारै चलायमान बन्दै गएको बताएका छन्। उनले नेपालको वैदेशिक व्यापारले लयमा फर्किन थालेसँगै अर्थतन्त्र चलायमान बन्न थालेको संकेत देखिएको बताए।
नेपाल चेम्बर अफ कमर्सले ६९औं भन्सार दिवसको अवसरमा आयोजना गरेको कार्यक्रममा बोल्दै अर्थसचिव ढुंगानाले भने- “बजेट कार्यान्वयनको अवस्था बढेकाले अर्थतन्त्र चलायमान बन्न लागेको देखिएको हो।”
चालु आर्थिक वर्षमा अर्थ मन्त्रालयले सात प्रतिशतको आर्थिक वृद्धि, सात प्रतिशतको मुल्य वृद्धि र सात महिनाको वस्तु तथा सेवाको आयातलाई धान्ने विदेशी मुद्रा सञ्चितीको लक्ष्य राखेको थियो। तर, अहिले नेपालसँग १४ महिनालाई धान्न सक्ने मुद्रा सञ्चिती रहेको अर्थसचिव ढुंगानाले बताए।
" /> काठमाडौं। अर्थसचिव शिसिरकुमार ढुंगानाले कोभिड–१९ ले सुस्ताएको अर्थतन्त्र विस्तारै चलायमान बन्दै गएको बताएका छन्। उनले नेपालको वैदेशिक व्यापारले लयमा फर्किन थालेसँगै अर्थतन्त्र चलायमान बन्न थालेको संकेत देखिएको बताए।नेपाल चेम्बर अफ कमर्सले ६९औं भन्सार दिवसको अवसरमा आयोजना गरेको कार्यक्रममा बोल्दै अर्थसचिव ढुंगानाले भने- “बजेट कार्यान्वयनको अवस्था बढेकाले अर्थतन्त्र चलायमान बन्न लागेको देखिएको हो।”

">