काठमाडौं। लोक सेवा आयोगले विभिन्न पदका लागि माग गर्ने आवेदनको शुल्क खल्ती डिजिटल वालेटबाटै भुक्तानी गर्न सकिने भएको छ।
लोक सेवाले प्रकाशन गरेको विज्ञापनमा उसको वेवसाइटबाटै अनलाइन आवेदन गर्न सकिन्छ। अनलाइनमार्फत् पहिलोपटक आवेदन गर्न लोकसेवाको वेवसाइटमा व्यक्तिगत खाता बनाउनुपर्छ। पुरानो उम्मेदवारहरूले स्क्रिन नेम र पासवर्ड हालेर लगइन गर्न सक्ने बताइएको छ। त्यसमा अनलाइनमार्फत आवेदन फाराम भरेपछि शुल्क भुक्तानीको विकल्पमा खल्ती डिजिटल वालेट छनोट गर्न सकिने भएको छ। खल्तीको आफ्नो युजरनेम र पासवर्ड हालेर लगइन गरेपछि तोकिएको शुल्क भुक्तानी गर्न सकिने खल्तीले जनाएको छ।
‘खल्ती’ वालेटको प्रयोग गरी ६०ं बैंकमा पैसा पठाउन सकिने साथै मोबाइल रिचार्ज, बिजुली, पानी, इन्टरनेट तथा डीटीएचको बिल भुक्तानी, फिल्म, प्लेन, इभेन्ट्सको टिकट खरिद, होटेल रुम बुकिङ गर्ने, इ–कमर्समार्फत किनिएको सामानको भुक्तानी गर्ने, दैनिक पत्रिकाहरुको ग्राहक–शुल्क तिर्ने, सरकारी कर तथा सेवा शुल्क तिर्ने जस्ता धेरै सेवाहरू लिन सकिन्छ।
‘खल्ती’का प्रयोगकर्ताहरुको संख्या १४ लाखभन्दा बढी रहेको बताइएको छ।
" /> काठमाडौं। लोक सेवा आयोगले विभिन्न पदका लागि माग गर्ने आवेदनको शुल्क खल्ती डिजिटल वालेटबाटै भुक्तानी गर्न सकिने भएको छ।लोक सेवाले प्रकाशन गरेको विज्ञापनमा उसको वेवसाइटबाटै अनलाइन आवेदन गर्न सकिन्छ। अनलाइनमार्फत् पहिलोपटक आवेदन गर्न लोकसेवाको वेवसाइटमा व्यक्तिगत खाता बनाउनुपर्छ। पुरानो उम्मेदवारहरूले स्क्रिन नेम र पासवर्ड हालेर लगइन गर्न सक्ने बताइएको छ। त्यसमा अनलाइनमार्फत आवेदन फाराम भरेपछि शुल्क भुक्तानीको विकल्पमा खल्ती डिजिटल वालेट छनोट गर्न सकिने भएको छ। खल्तीको आफ्नो युजरनेम र पासवर्ड हालेर लगइन गरेपछि तोकिएको शुल्क भुक्तानी गर्न सकिने खल्तीले जनाएको छ।

">