काठमाडौं। अर्थमन्त्री विष्णुप्रसाद पौडेलले भन्सार कार्यालय र निजी क्षेत्र एउटै सिक्काका दुई पाटा भएको बताएका छन्।
६०औं अन्तर्राष्ट्रिय भन्सार दिवसको कार्यक्रममा बोल्दै उनले भने, “भन्सार र निजी क्षेत्र एक अर्काका परिपूरक हुन। एकको बिना अर्को कल्पना गर्न सकिँदैन।” भन्सार कार्यालय र निजी क्षेत्रबीच सुमधुर सम्बन्ध हुनुपर्ने बताउँदै उनले व्यवसायीले भन्सारसम्बन्धि राखेका जायज माग सम्बोधन गर्दै जानुपर्ने बताए।
भन्सार चुहावट र न्यून बिजकरण रोक्न व्यवसायीले सरकारलाई सहयोग गर्नुपर्ने उनको भनाइ थियो।
" /> काठमाडौं। अर्थमन्त्री विष्णुप्रसाद पौडेलले भन्सार कार्यालय र निजी क्षेत्र एउटै सिक्काका दुई पाटा भएको बताएका छन्।६०औं अन्तर्राष्ट्रिय भन्सार दिवसको कार्यक्रममा बोल्दै उनले भने, “भन्सार र निजी क्षेत्र एक अर्काका परिपूरक हुन। एकको बिना अर्को कल्पना गर्न सकिँदैन।” भन्सार कार्यालय र निजी क्षेत्रबीच सुमधुर सम्बन्ध हुनुपर्ने बताउँदै उनले व्यवसायीले भन्सारसम्बन्धि राखेका जायज माग सम्बोधन गर्दै जानुपर्ने बताए।
भन्सार चुहावट र न्यून बिजकरण रोक्न व्यवसायीले सरकारलाई सहयोग गर्नुपर्ने उनको भनाइ थियो।
">