सामाजिक सुरक्षा कोषमा तीन अर्ब ८१ करोड संकलन <p>काठमाडौं। योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा हालसम्म तीन अर्ब ८१ करोड ८२ लाख रूपैयाँ संकलन भएको छ।</p> <p>कूल एक लाख ८७ हजार जना श्रमिक कोषमा आबद्ध भएका र १३ हजार एक सय ३२ जना रोजगारदाता आबद्ध छन्।</p> <p>तीमध्ये ८३ हजार सात सय ६४ जनाले नियमितरूपमा कोषमा रकम योगदान गरिरहेका छन्।</p> <p>योगदानकर्तालाई लक्षित गरेर कोषले सञ्&zwj;चालनमा ल्याएको विभिन्न सुविधा एक हजार सात सय ७७ जनाले लिएका छन्। उनीहरूले कोषबाट तीन करोड नौ लाख रकम दाबी भुक्तानी पाएको बताइएको छ।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्