काठमाडौं। हिमालय एअरलाइन्स र यती एअरलाइन्सले एक आपसमा व्यापार साझेदारी गर्ने भएका छन्। दुई कम्पनीले सञ्जाल एकीकरण, बिक्री वृद्धि र दुवै कम्पनीको इ-कमर्स काम क्षमतामा क्रमिक विस्तारको लागि एक आपसमा रणनीतिक साझेदार गर्ने भएका हुन्।
एप्लिकेशन प्रोगामिङ्ग ईन्टरफेस (एपीआई)को प्रभावकारी कार्यान्वयनका लागि पहिलो सम्झौतामा कम्पनीका प्रतिनिधिहरूले आज हस्ताक्षर गरेका हुन्।
हिमालय एअरलाइन्सले हाल मध्य पूर्वी एशिया र दक्षिण एशियाका विभिन्न गन्तव्यहरूमा अन्तर्राष्ट्रिय उडानहरू सञ्चालन गरिरहेको छ। यस्तै, यती एअरलाइन्सले नेपालभर सञ्जाल बिस्तार गरी विभिन्न आन्तरिक गन्तव्यहरूमा नियमित उडान गर्दै आएको छ।
सम्झौताअनुसार दुवै कम्पनीले आ-आफ्नो टिकटहरू जारी गर्न, नयाँ सेवाहरूलाई समावेश गर्न, यात्रुहरूलाई टिकट खरीदमा सरलीकृत बनाउन साझेदारी गर्नेछन्। यद्यपि यसमा आवश्यक प्राविधिक प्रक्रियाहरू पूरा गर्न बाँकी रहेकोले कार्यान्वयनमा आउन केही समय लाग्ने कम्पनीहरूले बताएका छन्।
उक्त कार्यक्रममा बोल्दै हिमालय एअरलाइन्सका उपाध्यक्ष विजय श्रेष्ठले दुई कम्पनीबीच भएको सहमतिले व्यापारिक साझेदारीको दिशामा पहिलो चरण भएको बताए।
यस्तै, यती एअलाइन्सका प्रमुख कार्यकारी अधिकृत अनोज रिमालले हिमालय एअरलाइन्सलाई साझेदारको रूपमा पाउँदा उत्साति बनेको बताए।
" /> काठमाडौं। हिमालय एअरलाइन्स र यती एअरलाइन्सले एक आपसमा व्यापार साझेदारी गर्ने भएका छन्। दुई कम्पनीले सञ्जाल एकीकरण, बिक्री वृद्धि र दुवै कम्पनीको इ-कमर्स काम क्षमतामा क्रमिक विस्तारको लागि एक आपसमा रणनीतिक साझेदार गर्ने भएका हुन्।एप्लिकेशन प्रोगामिङ्ग ईन्टरफेस (एपीआई)को प्रभावकारी कार्यान्वयनका लागि पहिलो सम्झौतामा कम्पनीका प्रतिनिधिहरूले आज हस्ताक्षर गरेका हुन्।

">