काठमाडौं। कोभिड–१९ को समयमा पनि भौतिक पूर्वाधार निर्माणको काममा सक्रिय निर्माण व्यवसायीहरुको निर्माण सामाग्रीमा आगजानी भएको छ।
अज्ञात समूहले रुपन्देहीको सियारी गाउँपालिकामा सियारी पहुँच मार्ग अन्र्तगतको सडक खण्ड निर्माणमा प्रयोग भइरहेको ट्रक र डिष्ट्रिब्युटर (मेसिन) मा आगजनी गरेको छ।
अज्ञात समूहले निर्माण मेसिनमा गरेको आगजानीप्रति महासंघले आफ्नो ध्यानाकर्षण भएको बताएको छ। एक विज्ञप्ति जारी गर्दै महासंघले दोषीलाई तत्काल कारबाही गर्न र व्यवसायीलाई क्षतिपूर्ति दिन माग गरेको छ।
गाउँपालिका भवन अगाडि पार्किङ गरी राखिएको एक ट्रक र एक डिष्ट्रिब्युटरमा आगजनी गर्दा कम्तीमा पनि ५० लाख भन्दा बढीको क्षति भएको छ।
महासंघका अनुसार नविन कन्स्ट्रक्सनको लु१क ६९७६ नम्बरको ट्रक र डिष्ट्रिब्युटरमा आगजनी गरिएको हो। ती सवारी साधन पुष्पाञ्जली–समिर–जिम्बा जेभीद्वारा सडक निर्माणमा प्रयोग भइरहेका थिए।
आगजनीका कारण दुवै उपकरणहरु पूर्ण रुपमा काम नलाग्ने गरी ध्वस्त भएका छन्।