काठमाडौं। जापान सरकारले निर्माण गरेको विपी राजमार्ग भूकम्पपछिको पुनःनिर्माण सकेर नेपाल सरकारलाई हस्तान्तरण गरेको छ ।
बिहीबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा आयोजित भर्चुअल कार्यक्रममार्फत जापान सरकारले उक्त सडक नेपाल सरकारलाई हस्तान्तरण गरेको हो ।
पुनःनिर्माण गरिएको विपी राजमार्गको भर्चुअल उद्घाटन गर्दै भौतिक पूर्वाधार तथा यातायातमन्त्री माननीय वसन्तकुमार नेम्बाङ्गले नेपालको विकास निर्माणमा जापान सरकार पुरानो साझेदार रहेको बताए। नेपालको उर्जा, यातायात, खानेपानी तथा सरसफाइ, शिक्षा, स्वास्थ्य, शान्ति स्थापना, र कृषि क्षेत्रमा जापान सरकारको योगदान अतुलनीय रहेको मन्त्री नेम्बाङ्गले बताए।
मन्त्री नेम्बाङ्गले नेपालको विकास र समृद्धिको चाहाना पुरा गर्न नेपालका लागि जापनीज राजदुत मासामिची साइगोको साथ र समन्वयको समेत प्रशंसा गरे।
जापनीज राजदुत मासामिची साइगोले नेपाल र जापानबीच गहिरो मित्रता रहेको उल्लेख गर्दै नेपालको विकासमा जापान सरकारको साथ निरन्तर रहने बताए।
राजधानीलाई पूर्वी तराइसँग जोड्ने एक सय ६० किलोमिटर लामो विपी राजमार्ग जापान सरकारले सन १९९६ मा निर्माण सुरु गरेर सन २०१५ मार्चमा सम्पन्न गरी नेपाल सरकारलाई हस्तान्तरण गरेको थियो । हस्तान्तरण गरेको दुई महिना नबित्दै २०७२ वैशाख १२ गते गएको महाभूकम्पले सडकको पाँच ठाउँमा क्षति पुगेको थियो ।
विपी राजमार्गको पुनः निर्माण सन् २०१९ जुलाई ३ मा जापानीज निर्माण कम्पनी 'हाजमा अण्डो कर्पोरेसन'ले सुरु गरेको थियो । करिब १८ महिनामा निर्माण सम्पन्न भएको हो।
" /> काठमाडौं। जापान सरकारले निर्माण गरेको विपी राजमार्ग भूकम्पपछिको पुनःनिर्माण सकेर नेपाल सरकारलाई हस्तान्तरण गरेको छ ।बिहीबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा आयोजित भर्चुअल कार्यक्रममार्फत जापान सरकारले उक्त सडक नेपाल सरकारलाई हस्तान्तरण गरेको हो ।

">