काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्षहरूलाई महासंघको वर्तमान नेतृत्वले विभिन्न जिम्मेवारी दिएको छ। महासंघले दिएको जानकारी अनुसार आज आठ जना पूर्वअध्यक्षहरूलाई जिम्मेवारी दिइएको हो।
जसअनुसार निवर्तमान अध्यक्ष भवाणी राणाले सदस्यता समितिको जिम्मेवारी पाएकी छिन्। यसका साथै, उनले नेपाल-भारत संयुक्त विजनेस फोरमकोसमेत जिम्मेवारी पाएकी छिन्।
यस्तै, महेशलाल प्रधानले सल्लाहकार समिति, पद्य ज्योतीले व्यावसायिक आचारसंहिता फोरम, प्रदीपकुमार श्रेष्ठले एसिया प्यासिफिक चेम्बर अफ कमर्सको जिम्मेवारी पाएका छन्।
यसैगरी रविभक्त श्रेष्ठले अनुशासन समिति, विनोदबहादुर श्रेष्ठले नेपाल-चीन गैरसरकारी कोअपरेसन फोरम, कुशकमार जोशीले विधान संशोधन समिति र सुरज वैद्यले अन्तर्राष्ट्रिय सम्बन्ध फोरमको जिम्मेवारी पाएका छन्।
तर, पूर्वअध्यक्षद्वय पशुपति मुरारका र चण्डीराज ढकालले भने कुनै पनि जिम्मेवारी पाएका छैनन्। यद्यपि, मुरारका महासंघको विशिष्ट सदस्य हुन्।
कार्यक्रममा महासंघका अध्यक्ष गोल्छाले सबै पूर्वअध्यक्षलाई औपचारिकरूपमा पत्र दिँदै सबैबाट महत्त्वपूर्ण सुझाव आउने विश्वास व्यक्त गरे।
" /> काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्षहरूलाई महासंघको वर्तमान नेतृत्वले विभिन्न जिम्मेवारी दिएको छ। महासंघले दिएको जानकारी अनुसार आज आठ जना पूर्वअध्यक्षहरूलाई जिम्मेवारी दिइएको हो।जसअनुसार निवर्तमान अध्यक्ष भवाणी राणाले सदस्यता समितिको जिम्मेवारी पाएकी छिन्। यसका साथै, उनले नेपाल-भारत संयुक्त विजनेस फोरमकोसमेत जिम्मेवारी पाएकी छिन्।

">