काठमाडौं। सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले इन्टरनेट सेवा प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका छन्।
सिंहदरबारमा आज इन्टरनेट सेवा प्रदायकहरुसँगको अन्तरक्रिया कार्यक्रममा मन्त्री गुरुङले मुलुकको कुनै पनि भूगोलमा इन्टरनेट सेवा सहज पहुँच गराउनेतर्फ ध्यान दिन आग्रह गरे।
उनले इन्टरनेटको सेवाप्रति गुनासो आइरहेको स्मरण गर्दै गाउँगाउँमा इन्टरनेटको पहुँचलाई प्रभावकारी र सर्वसुलभ बनाउनेतर्फ ध्यान दिन आग्रह गरे। यसका लागि आवश्यक सहयोग गर्न सकार तयार रहेको उनले प्रतिबद्धता जनाए।
मन्त्री गुरुङले डिजिटल फ्रेमवर्क र नागरिक एपको प्रभावकारिताका लागि सबैको पहल जरुरी रहेको बताए।
उनले एक अर्कामा आरोप प्रत्यारोपमा नभई सकारात्मक ढङ्गबाट समीक्षा गर्दै अघि बढ्नका लागि पनि यो समन्वय बैठक डाकिएको बताए। मन्त्रालयकोतर्फबाट गर्नुपर्ने कामको बारेमा आवश्यक सुझाव दिन पनि मन्त्री गुरुङले आग्रह गरे। उनले सबै इन्टरनेट सेवा प्रदायक कम्पनीको अभिलेखीकरण गर्नु आवश्यक भएको औँल्याए।
उनले अगामी दिनमा इन्टरनेट सेवालाई कसरी प्रभावकारी बनाउन सकिन्छ भन्ने विषयमा कार्ययोजना बनाएर अघि बढ्नुपर्ने आवश्यकता औँल्याए। 'समृद्ध नेपाल, सुखी नेपाली'को राष्ट्रिय आकांक्षा पूरा गर्न र ग्रामिण क्षेत्रमा सेवा कसरी अघि बढाउन सक्छौँ भन्ने विषमया गम्भीर हुन पनि उनले आग्रह गरे।
“ग्रामीण क्षेत्रमा इन्टरनेटबाटै कसरी शिक्षा लिन सक्छन् भन्नेमा ध्यान दिनुपर्छ। हिमाली र पहाडी क्षेत्रमा बालबालिका शिक्षाबाट बञ्चित भएका छन्। समयमै इन्टरनेट पुर्याउन सके प्रभावकारी हुनेछ, त्यसतर्फ सबैको ध्यान पुगोस्,” मन्त्री गुरुङले भने। उनले सेवा प्रभावकारी बनाउन सबै स्थानीय तह, प्रदेश र जिल्ला छुट्याएर क्लस्टर बनाई कार्यविभाजन गरी अघि बढ्ने बताए। कुनै पनि भूगोलमा इन्टरनेट सेवा छैन भन्ने कुरा नआओस् भनेर नै बैठक राखिएको मन्त्री गुरुङको भनाइ थियो।
सो क्रममा इन्टरनेट सेवा प्रदायक संस्थाका प्रतिनिधिहरुले समन्वयमा मात्रै समस्या समाधान गर्न सकिने बताउँदै यसका लागि सरकारले दिने सेवा सुविधा बढाउँदै करमा छुट गर्नुपर्नेमा जोड दिएका थिए। रासस
" /> काठमाडौं। सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले इन्टरनेट सेवा प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका छन्।सिंहदरबारमा आज इन्टरनेट सेवा प्रदायकहरुसँगको अन्तरक्रिया कार्यक्रममा मन्त्री गुरुङले मुलुकको कुनै पनि भूगोलमा इन्टरनेट सेवा सहज पहुँच गराउनेतर्फ ध्यान दिन आग्रह गरे।

">