काठमाडौं। भेहिकल एण्ड कन्साइनमेन्ट ट्र्याकिङ सिस्टम (भीसीटीएस) मा विवरण प्रविष्ट नगरी मालवस्तु ढुवानी गर्ने १९ वटा कम्पनी कारबाहीमा परेका छन्।
राजस्व अनुसन्धान विभागले काठमाडौंको ढुंगेअड्डा र नयाँ सडकमा गरेको अनुगमनबाट ती कम्पनीहरू कारबाहीमा परेका हुन्। विभागले यही माघ ७ र ८ गते ८५ वटा कम्पनीमा भीसीटीएससम्बन्धी अनुगमन गरेको थियो।
विभागले ती कम्पनीहरूलाई कूल २४ लाख २५ हजार रूपैयाँ जरिवाना गरेको जानकारी दिएको छ। भन्सारबाट सामान ढुवानी गर्दा अनिवार्य भीसीटीएस प्रणालीमा मालवस्तुको विवरण प्रविष्ट गर्नुपर्नेमा ती कम्पनीले त्यस्तो नगरेको खुलेको हो।
कारबाहीमा पर्ने कम्पनीहरूमध्ये बंगलामुखी स्टोर्स, मोडर्न स्लिपर इन्डस्ट्रिज प्रालि, शुभ इन्टरनेसनल गार्मेन्ट र ओम श्री मछिन्द्र इँट्टा उद्योगलाई १०/१० लाख रूपैयाँ जरिवाना गरिएको छ। हिमगिरि ट्रेडिङ कन्सर्नलाई छ लाख रूपैयाँ जरिवाना गरिएको छ।
अन्य कम्पनीहरूलाई ५० र २५ हजार रूपैयाँका दरले जरिवाना गरिएको विभागले जानकारी दिएको छ।
यी हुन् कारबाहीमा परेका कम्पनी:
" /> काठमाडौं। भेहिकल एण्ड कन्साइनमेन्ट ट्र्याकिङ सिस्टम (भीसीटीएस) मा विवरण प्रविष्ट नगरी मालवस्तु ढुवानी गर्ने १९ वटा कम्पनी कारबाहीमा परेका छन्।राजस्व अनुसन्धान विभागले काठमाडौंको ढुंगेअड्डा र नयाँ सडकमा गरेको अनुगमनबाट ती कम्पनीहरू कारबाहीमा परेका हुन्। विभागले यही माघ ७ र ८ गते ८५ वटा कम्पनीमा भीसीटीएससम्बन्धी अनुगमन गरेको थियो।

">