काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघको पर्यटन तथा हवाई उड्डयन समिति विस्तार भएको छ। महासंघकी कार्यकारिणी समिति सदस्य ज्योत्सना श्रेष्ठको सभापतित्वमा गठित समिति विस्तार गरिएको हो।
विस्तारित समितिका सहसभापतिमा नाटाका अध्यक्ष अच्युत गुरागाईं, नेपाल टुरिजम बोर्डकी निर्देशक नन्दिनी लाहे थापा र टानका अध्यक्ष खुमबहादुर सुवेदी चुनिएका छन्।
यसैगरी समितिका सदस्यहरूमा महासंघको कार्यकारिणी समिति सदस्य पुष्पराज कुँवर, नेपाल वायुसेवा निगमका निर्देशक जनकराज कालाखेती, आईएमई ट्राभल्सका प्रमुख कार्यकारी अधिकृत रूद्रप्रसाद सापकोटा (विनोद), र्याडिसन होटलका महाप्रबन्धक अनिलदास श्रेष्ठ र पाटाका अध्यक्ष विभूति चन्द ठाकुर रहेका छन्।
समितिका सल्लाहकारहरूमा डोल्मा कन्सलटेन्सीका हेड अफ प्राक्टिस टुरिजम उपल मजुमदार र महासंघको कार्यकारिणी समितिका पूर्वसदस्य रामशरण थपलिया छन्।
समिति विस्तार कार्यक्रमलाई सम्बोधन गर्दै महासंघका अध्यक्ष शेखर गोल्छाले हामीसँग रहेको पर्यटन सम्भाव्यताको सही अर्थमा बजारीकरण गर्न सके धेरै लाभ उठाउन सकिने बताए। ‘‘हामीले प्रारम्भदेखि नै गुणस्तरीय पर्यटक भित्र्याउने भन्दा पनि संख्यात्मक रूपमा धेरै पर्यटक भित्र्याउन ध्यान दिँदा यसबाट लाभ उठाउन सकेका छैनौं,’’ उनले भने, ‘‘अब सशक्त बजारीकरणका साथ गुणस्तरीय पर्यटक भित्र्याउनेतर्फ ध्यान दिनुपर्छ।’’
यसमा महासंघको पर्यटन तथा हवाई उड्डयन समितिले विशेष भूमिका निर्वाह गर्नुपर्ने उनले सुझाव दिए। ‘‘नेपालमा अथाह सम्भाव्यता छ, हाम्रा प्रोडक्टहरू पनि पर्याप्त छन् तर हामी त्रिकोणीय क्षेत्र (पोखरा-काठमाडौं-चितवन) भित्रै हरायौं,’’ अध्यक्ष गोल्छाले भने, ‘‘अब हामीले नयाँ-नयाँ गन्तव्यहरूलाई उजार गर्नुपर्छ, प्रचारप्रसार गर्नुपर्छ। अनिमात्र लाभ उठाउन सक्छौं। त्यसमा समितिले अर्थपूर्ण भूमिका निर्वाह गर्ने अपेक्षा महासंघले लिएको छ।’’
महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले कोभिडले धराशायी भएको पर्यटन क्षेत्रलाई पुनःजीवन दिन समितिबाट महत्त्वपूर्ण पहल हुने बताए। त्यसमा आफ्नो तर्फबाट पूर्ण सहयोग रहने उनको भनाइ थियो।
महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठले आन्तरिक पर्यटन प्रवर्द्धन गर्न महासंघका सबै सदस्यहरूलाई विशेष छुट दिने स्किम होटल, रिसोर्ट, लजहरूले ल्याउनुपर्ने सुझाव दिए।
" /> काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघको पर्यटन तथा हवाई उड्डयन समिति विस्तार भएको छ। महासंघकी कार्यकारिणी समिति सदस्य ज्योत्सना श्रेष्ठको सभापतित्वमा गठित समिति विस्तार गरिएको हो।विस्तारित समितिका सहसभापतिमा नाटाका अध्यक्ष अच्युत गुरागाईं, नेपाल टुरिजम बोर्डकी निर्देशक नन्दिनी लाहे थापा र टानका अध्यक्ष खुमबहादुर सुवेदी चुनिएका छन्।

">