काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधीले नेपालको अर्थतन्त्रलाई मजबुत बनाउन नेपाल सहकारी बैंक अपरिहार्य रहेको बताए।
प्रस्तावित नेपाल सहकारी बैक लिमिटेडको प्रारम्भीक भेलामा बोल्दै पूर्वउपप्रधानमन्त्रीसमेत रहेका नेता निधीले करिब एक हजार सदस्य रहेको सहकारीले बैंक दर्ता प्रक्रिया सुरु गर्न अनुरोध गरे।
"बैंक दर्ता प्रक्रियाले लोकतन्त्र र अर्थतन्त्रमा महत्वपूर्ण भूमिका खेल्छ। बैंकका सञ्चालकले नेपाल सहरकारी बैंक खोल्न नदिने षडयन्त्र गरिरहेका छन्। तर ढुक्क भएर प्रक्रिया थाल्नुहोस। समस्या परे सिङ्गो पार्टीले सहयोग गर्नेछ," नेता निधीले बताए।
प्रस्तावित नेपाल सहकारी बैंक स्थापना गर्न गठित कार्यदलका संयोजक सुरेन्द्र भण्डारीले राष्ट्रिय सहकारी बैंकले राष्ट्र बैंकबाट कारोबारका लागि अनुमति प्राप्त गर्न नसक्नु, नेपाल राष्ट्र बैंकको ऐनमा सहकारी बैंक सम्बन्धी व्यवस्था गर्न नसक्नु, सहकारी संस्थालाई वचत तथा ऋणको कारोबारबाहेक अन्य सेवा उपलब्ध गराउन नसक्नु, बिना धितो ठुलो रकम प्रवाह गर्नु, बैंक सञ्चालनमा राजनीति हावी हुनु, कर्जा लगानीमा विभेद गर्नुलगायतका कारणले नयाँ बैंकको आवश्यकता महसुस गरी भेला गरेको बताए।
नेपालमा आठ खर्बभन्दा बढीको निक्षेप संकलन, एक खर्बभन्दा बढी सेयर पुँजी संकलन, ७३ लाखभन्दा बढीलाई वित्तीय सेवा र सुविधा, तीन लाख बढीलाई रोजगारी प्रदान र कुल ग्राहस्थ उत्पादनमा सात प्रतिशतभन्दा बढी योगदान सहकारीले दिएको बताइएको छ।
भेलामा पूर्वमन्त्री एवं नेपाली कांग्रेस सहकारी विभाग प्रमुख आनन्द ढुंगानाले मुलुकमा एउटा मात्र सहकारी बैंकले सबै सहकारीकर्मीलाई समेट्न नसकेको कारण बैंक स्थापना गर्ने कामको सुरुवात राम्रो भएको बताए। भेलामा पूर्वअर्थराज्यमन्त्री एवं नेपालीका कांग्रेसका नेता उदयशम्सेर राणा, पूर्वगभर्नर डा. चिरञ्जीवि नेपाल, सहकारी विकास बोर्डका सहअध्यक्ष दक्ष पौडेल, महेन्द्रनारायण निधी मेमोरियल सहकारी संस्थाका सञ्चालक भानुभक्त ढकाललगायतले सहकारी बैंकको उपयोगिताको विषयमा बोलेका थिए।