काठमाडौं। सुनचाँदी तथा कला व्यवसायीले सुनचाँदीका मौलिक गरगहना निर्यातमा जोड दिएका छन्।
नेपाली मौलिक गरगहनाको विश्व बजारमा अत्यधिक माग रहेको भन्दै उनीहरूले यस्ता गरगहनाको निर्यातबाट मुलुकमा रोजगारीका अवसरको सिर्जना मात्र नभई मुलुकको समग्र अर्थतन्त्रमा नै टेवा पुग्ने बताएका हुन्।
नेपाल सुनचाँदी व्यवसायी महासंघ र ललितपुर उद्योग वाणिज्य संघका नवनिर्वाचित पदाधिकारीहरूको स्वागतमा आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा सहभागी व्यवसायीहरूले सुन तथा चाँदीका मौलिक गरगहना निर्यातको प्रचुर सम्भाव्यता औंल्याउँदै त्यसबाट मुलुकको अर्थतन्त्रमा उल्लेख्य योगदान पुग्ने बताए।
कार्यक्रममा नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष माणिकरत्न शाक्यले नेपाली मौलिक गरगहनाको निर्यातमा जोड दिँदै यसबाट नेपालले धेरै फाइदा लिन सक्ने बताए। अध्यक्ष शाक्यले सुनचाँदी नेपालमा जेम्स एण्ड ज्वलरी काउन्सिलको महत्त्वका बारेमा प्रकाश पार्दै व्यवसायी महासंघ, हस्तकला महासंघ र रत्न तथा आभूषण महासंघजस्ता एउटै प्रकृतिका संघसंस्थारूले आपसमा सहकार्य गरेर व्यवसाय प्रवर्द्धन गर्न सक्ने धारणा राखे।
हस्तकला महासंघका अध्यक्ष सुरेन्द्रभाइ शाक्यले नेपाली हस्तकलाको महत्त्व र सम्भाव्यताका बारेमा प्रकाश पारेका थिए। विश्वबजारमा नेपाली हस्तकलामा सामग्रीको माग अत्यधिक रहेको उल्लेख गर्दै उनले हस्तकलाका सामग्री र मौलिक गरगहनाको निर्यातबाट व्यवसायीलाई मात्र नभई सिंगो राष्ट्रलाई नै सम्मान पुग्ने बताए।