काठमाडौं। लगातार उकालो लाग्दै आएको धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज उच्च अङ्कले ओरालो लागेको छ। नयाँ नयाँ रेकर्ड बनाउँदै अगाडि बढेको नेप्सेमा आज देखिएको गिरावट पछिल्ला दिनमध्येको कारोबारको सबैभन्दा धेरै हो।
नेपाल स्टक एक्सचेञ्जकाअनुसार नेप्से ५४.७५ अङ्कले ओरालो लागेर दुई हजार ३७०.५४ मा पुगेको छ। यस्तै ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ९.७३ अङ्कले ओरालो लागेर ४३२.३३ मा ओर्लेको छ। कूल २०६ कम्पनीको एक करोड ६२ लाख ७७ हजार २४५ कित्ता सेयर आठ अर्ब ९७ करोड ३२ लाख छ हजार चार सय ५० मा खरिद बिक्री भए।
कारोबार भएका कूल १२ उपसमूहकै सेयर ओरालो लागेको छ। बैंकिङ ४२.०३, व्यापार १९.९६, होटल २३.०२, विकास बैंक ५१.४६, जलविद्युत् ३७.१२, निर्जीवन बीमा २६४.०४, उत्पादन १३२.९५, अन्य २५.५९, लघुवित्त १२१.२३, जीवन बीमा ४६०.३७ र सामूहिक लगानी कोष ०.०६ अङ्कले ओरालो लागेको छ।
कारोबार भएका कम्पनीमध्ये नेपाल लाइफ इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको ४३ करोड ४३ लाख ७६ हजार चार सय ५२ बराबरको कारोबार भएको छ। यस्तै शिखर इन्स्योरेन्सको ३४ करोड ७९ लाख ९५ हजार ७५, प्रभु लाइफ इन्स्योरेन्सको ३१ करोड ८२ लाख दुई सय ६७, एनआइसि एशिया बैंकको ३० करोड ८७ लाख २० हजार ७८, नेपाल दूरसञ्चार कम्पनीको ३० करोड ६२ लाख ६५ हजार २१, नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको २८ करोड ८३ लाख ३८ हजार ९७८, नेको इन्स्योरेन्सको २३ करोड १३ लाख ९८ हजार सात सय ३२, हिमालयन डिस्टिलरीको २१ करोड ७३ लाख दुई हजार आठ सय ४९ र प्रभु बैंकको २१ करोड ६६ लाख ५६ हजार दुई सय दुई बराबरको कारोबार भई शीर्ष स्थानमा रहे।
नेपाल स्टक एक्सचेञ्जले विशाल बजार कम्पनी र राष्ट्रिय बीमा कम्पनी लिमिटेडको दोस्रो बजार कारोबार रोक्का गरेको छ। प्रत्येक आर्थिक वर्षको लेखापरिक्षण प्रतिवेदन आर्थिक वर्ष समाप्त भएको पाँच महिनाभित्र नेप्सेमा पेश गर्नुपर्नेमा त्यसो नगरेको पाइएपछि ती दुई कम्पनीको सेयर कारोबार रोक्का गरिएको हो।
रासस
" /> काठमाडौं। लगातार उकालो लाग्दै आएको धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज उच्च अङ्कले ओरालो लागेको छ। नयाँ नयाँ रेकर्ड बनाउँदै अगाडि बढेको नेप्सेमा आज देखिएको गिरावट पछिल्ला दिनमध्येको कारोबारको सबैभन्दा धेरै हो।नेपाल स्टक एक्सचेञ्जकाअनुसार नेप्से ५४.७५ अङ्कले ओरालो लागेर दुई हजार ३७०.५४ मा पुगेको छ। यस्तै ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ९.७३ अङ्कले ओरालो लागेर ४३२.३३ मा ओर्लेको छ। कूल २०६ कम्पनीको एक करोड ६२ लाख ७७ हजार २४५ कित्ता सेयर आठ अर्ब ९७ करोड ३२ लाख छ हजार चार सय ५० मा खरिद बिक्री भए।

">