काठमाडौं। भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले सडक जोगाउनका लागि सडकमा तौलपुल राख्न थालिएको बताए।
सडक विभागले भरतपुरको आँपटारीमा स्थापना गरेको तौलपुलको आज उद्घाटन गर्दै मन्त्री नेम्बाङले यस्ता पुलले सडक जोगाउने र दुर्घटना हुनबाट रोक्ने बताए।
"सडक सुधारका कामहरू भइरहेको छ। बढी ढुवानी गर्ने सवारी साधनले सडक नबिगारोस् भन्नका लागि तौलपुल राखिएको हो। बाटोको क्षमताभन्दा बढी तौल बोकेका सवारी साधनले सडक बिगार्ने र दुर्घटना निम्त्याउने हुँदा रोक्न तौलपुल राखिएको हो, ” मन्त्री नेम्बाङले बताए।
नारायणगढ-मुग्लिन सडकखण्डको आँपटारीमा नेपाल सरकारका तर्फबाट पहिलो तौलपुल राखिएको हो। ठूलाठूला राजमार्गमा पनि तौलपुल राखिने मन्त्री नेम्बाङले बताए।
सो सडक हुँदै आवतजावत गर्ने मालवाहक सवारी साधनलाई तौलपुलमा तौल लिइनेछ । सडकको क्षमताभन्दा बढी सामान बोकेका सवारीबाट सामग्री झारेर कारबाही गरेर पठाइने बताइएको छ ।
कार्यक्रममा यातायात व्यवस्था विभागका महानिर्देशक गगनबहादुर हमालले पुलले सडक दुर्घटना घटाउने र सडकको आयु बढाउने बताए।
विभागका निर्देशक इ.रामचन्द्र पौडेलले मालवाहक ठूला ट्रकले क्षमताभन्दा बढी सामान बोकेका कारण समस्या हुँदै आएको जानकारी दिए। सो तौलपुल एक करोड २१ लाख ७३ हजारमा जडान गरिएको हो । तौलपुलको क्षमता ८० टन रहेको छ।
रासस
" /> काठमाडौं। भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले सडक जोगाउनका लागि सडकमा तौलपुल राख्न थालिएको बताए।सडक विभागले भरतपुरको आँपटारीमा स्थापना गरेको तौलपुलको आज उद्घाटन गर्दै मन्त्री नेम्बाङले यस्ता पुलले सडक जोगाउने र दुर्घटना हुनबाट रोक्ने बताए।

">