काठमाडौं। नेपाल इन्जिनियरिङ एसोसिएसन सुदूरपश्चिम प्रदेश कार्यकारिणी समितिले राष्ट्रिय आविष्कार केन्द्रलाई आर्थिक सहयोग गरेको छ। समितिका सभापति इन्जिनियर लवप्रसाद जोशीलगायतको टोलीले आविस्कार केन्द्रका प्रमुख महावीर पुनलाई २५ हजार रूपैयाँ सहयोग गरेको हो।
उक्त सहयोग रकम बुझ्दै पुनले धन्यवाद ज्ञापन गरेका थिए। आगामी दिनमा सुदूरपश्चिम प्रदेशलाई केन्द्रित गरेर आवश्यक अध्ययन तथा अनुसन्धानमा आविष्कार केन्द्रले सहयोग गर्ने प्रतिबद्धता जनाएको समितिका सभापति इन्जिनियर जोशीले बताए। सरकारको आर्थिक सहयोगबिना नै केन्द्रले नयाँ-नयाँ आविष्कार गर्दै आएको केन्द्रलाई जनस्तरबाट सहयोग हुन्छ भन्ने विश्वास दिलाउन पनि आफुहरूले सहयोग गरेको सभापति जोशी बताउँछन्।
कोरोना महामारीको समयमा स्वास्थ्यकर्मीका लागि आवश्यक पर्ने सामाग्रीहरू बनाएर निःशुल्क रूपमा वितरण गर्दै आएकोले केन्द्रले आफुहरूको तर्फबाट भएको सहयोग गरेको उनको भनाइ छ। म्यागेसेस पुरस्कार विजेता पुनले देशको विकासका लागि अहोरात्र खटिएर काम गर्दै आएको भन्दै यस्तो अवस्थामा आफुहरूले थप हौसला प्रदान गर्नु पनि आवश्यक रहेको सभापति इन्जिनियर जोशीले बताए। सधै देश र जनताको हितको लागि काम गरिरहेका पुनलाई आफुहरूको साथ र सहयोग छ भन्ने सन्देश दिएको उनको भनाइ छ।
आफुहरूले सामाजिक उत्तरदायित्व अन्तर्गत केन्द्रलाई सहयोग गरेको उनको भनाइ छ। यसअघि हिजो मात्र दुई वर्ष अघि ग्यास हिटर लिग हुँदा भएको आगलागीमा परेर निधन भएका इन्जिनियर पुष्करराज जोशी र उनको श्रीमती इन्जिनियर अप्सरा श्रेष्ठको छोरालाई पनि आर्थिक सहयोग गरेको थियो। साढे तीन वर्षीय छोरा प्रयान जोशीको थप उपचारका लागि ५१ हजार रूपैयाँ आर्थिक सहयोग गरिएको समितिले जनाएको थियो।
राष्ट्रिय आविष्कार केन्द्रले नयाँ–नयाँ आविष्कार गर्दै आएको छ। देशभित्रै भएका क्षमतावान् व्यक्तिहरूलाई आविष्कार गर्नका लागि आवश्यक पर्ने स्रोतसाधनको व्यवस्था गर्दै आएको छ।
" /> काठमाडौं। नेपाल इन्जिनियरिङ एसोसिएसन सुदूरपश्चिम प्रदेश कार्यकारिणी समितिले राष्ट्रिय आविष्कार केन्द्रलाई आर्थिक सहयोग गरेको छ। समितिका सभापति इन्जिनियर लवप्रसाद जोशीलगायतको टोलीले आविस्कार केन्द्रका प्रमुख महावीर पुनलाई २५ हजार रूपैयाँ सहयोग गरेको हो।उक्त सहयोग रकम बुझ्दै पुनले धन्यवाद ज्ञापन गरेका थिए। आगामी दिनमा सुदूरपश्चिम प्रदेशलाई केन्द्रित गरेर आवश्यक अध्ययन तथा अनुसन्धानमा आविष्कार केन्द्रले सहयोग गर्ने प्रतिबद्धता जनाएको समितिका सभापति इन्जिनियर जोशीले बताए। सरकारको आर्थिक सहयोगबिना नै केन्द्रले नयाँ-नयाँ आविष्कार गर्दै आएको केन्द्रलाई जनस्तरबाट सहयोग हुन्छ भन्ने विश्वास दिलाउन पनि आफुहरूले सहयोग गरेको सभापति जोशी बताउँछन्।

">