काठमाडौं। नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा आज ६५ अंकको सुधार आएको छ। कारोबार सुरु भएदेखि नै बढ्न थालेको नेप्से बन्द हुने समयसम्ममा उत्साहजनक सुधार भएर बन्द भएको हो।
आज नेप्सेमा आठ अर्ब ५९ करोड रुपैयाँ बराबरको कारोबार भएको छ। यस्तै, एक करोड ५३ लाख कित्ता सेयर किनबेच भएको नेप्सेले जानकारी दिएको छ।
बजारमा उत्साहजनक सुधार आएपनि होटल समूहमा भने गिरावट देखिएको छ। होटल समूहको सूचक आज ६२ अंकले घटेको छ।
यसबाहेक अन्य सबै ११ समूहको सूचक उकालो लागेको देखिएको छ। निर्जीवन बीमा कम्पनीको सूचक सबैभन्दा बढी ६२६ अंकले उकालो लागेको छ।
यसपछि जीवन बीमा समूहको सूचक ५९४ अंकले बढेको छ। आज नेप्सेमा कारोबार भएकामध्ये १७ समूहको सेयर मूल्य ९ प्रतिशतभन्दा बढीले बढेको छ।
" /> काठमाडौं। नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा आज ६५ अंकको सुधार आएको छ। कारोबार सुरु भएदेखि नै बढ्न थालेको नेप्से बन्द हुने समयसम्ममा उत्साहजनक सुधार भएर बन्द भएको हो।आज नेप्सेमा आठ अर्ब ५९ करोड रुपैयाँ बराबरको कारोबार भएको छ। यस्तै, एक करोड ५३ लाख कित्ता सेयर किनबेच भएको नेप्सेले जानकारी दिएको छ।

">