काठमाडौं। हिमालयन बैंकले आफ्नो मोबाइल बैंकिङ सेवाबाट नेपाल सरकारको राजस्व भुक्तानी हुने प्रणाली सुरुवात गरेको छ ।
उक्त सेवाको सुरुवातसँगै बैंकका ग्राहकले अब सरकारी कर तथा राजस्व हिमालयन बैंकको मोबाइल बैंकिङ एप्सबाट सजिलै भुक्तानी गर्न सक्नेछन् । बैंकले एनसीएचएलको नेसनल पेमेन्ट्स इन्टरफेसमार्फत नै थप सेवाको रुपमा यसलाई विस्तार गरेको हो । मोबाइल बैंकिङको एनपीआइमार्फत सरकारी भुक्तानीको व्यवस्था गर्ने हिमालयन बैंक पहिलो बैंक भएको छ ।
बैंकले पहिलेदेखि नै आफ्नो मोबाइल बैंकिङ च्यानलबाट कनेक्ट आइपिएसमार्फत रियल टाइम अनलाइन फण्ड ट्रान्स्फर सेवा प्रदान गर्दै आएको छ । मोबाइल बैंकिङबाट थप गरिएको सरकारी भुक्तानीको सेवाले राजस्व सङ्कलनको प्रक्रियामा ग्राहक एवं सरकारी पक्ष दुवैलाई सहज हुने विश्वास गरेको छ ।
अब सरकारी कर तथा राजस्व भुक्तानी कनेक्ट आइपिएसको मोबाइल बैंकिङ एप्ससहित हिमालयन बैंकको मोबाइल बैंकिङ एप्सबाट पनि गर्न सकिने छ । हिमालयन बैंक वाणिज्य बैंकमध्येमा एक अग्रणी बैंक हो । यसले आफ्ना विभिन्न वैकल्पिक सेवा प्रणालीमार्फत ग्राहकलाई सेवा प्रदान गर्दै आइरहेको छ ।
रासस
" /> काठमाडौं। हिमालयन बैंकले आफ्नो मोबाइल बैंकिङ सेवाबाट नेपाल सरकारको राजस्व भुक्तानी हुने प्रणाली सुरुवात गरेको छ ।उक्त सेवाको सुरुवातसँगै बैंकका ग्राहकले अब सरकारी कर तथा राजस्व हिमालयन बैंकको मोबाइल बैंकिङ एप्सबाट सजिलै भुक्तानी गर्न सक्नेछन् । बैंकले एनसीएचएलको नेसनल पेमेन्ट्स इन्टरफेसमार्फत नै थप सेवाको रुपमा यसलाई विस्तार गरेको हो । मोबाइल बैंकिङको एनपीआइमार्फत सरकारी भुक्तानीको व्यवस्था गर्ने हिमालयन बैंक पहिलो बैंक भएको छ ।

">