दमौली। तनहुँको भीमाद नगरपालिका ५ र ६ जोड्ने ऋषिङपाटनमा आगामी वैशाखसम्म कालोपत्र सम्पन्‍न हुने भएको छ। गण्डकी प्रदेश सरकारको सहयोगमा भीमाद ऋषिङपाटनमा कालोपत्रको काम अगाडि बढेको हो।
गत वर्षको मङ्सिर पहिलो सातादेखि काम सुरु गरिए पनि कोभिडका कारण बीचमा काम प्रभावित भएको पूर्वाधार विकास कार्यालय तनहुँले जनाएको छ। वैशाखसम्म सडक कालोपत्र सम्पन्‍न गर्ने गरी काम अगाडि बढेको कार्यालयका प्रमुख ओमराज ढुङ्‍गानाले जानकारी दिए।
सडक कालोपत्र गर्ने म्याद वि.सं. २०७७ पुस २२ गतेसम्म रहे पनि २५ प्रतिशत समयअवधि थप भएको छ। “बेस हाल्न सुरु भइसकेको छ, वैशाखसम्म काम सम्पन्‍न गर्ने निर्माण व्यवसायीले प्रतिबद्धता जनाएका छन,” ढुङ्‍गानाले भने।
ट्रयाक खुलेको २४ वर्षपछि उक्त मार्ग कालोपत्र हुन लागेको हो। गण्डकी प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयमार्फत १२ करोड ७८ लाख ९८ हजार पाँच सय ७३ रुपैयाँको लागतमा सडक कालोपत्रको ठेक्का लागेको छ। उक्त सडकको ट्रयाक वि.सं. २०५२ मा खुलेको थियो। सडक कालोपत्रका लागि काठमाडौंस्थित महालक्ष्मी कन्स्ट्रक्सन कन्सर्नसँग गत असोज २३ गते सम्झौता भएको थियो।
छ किमी सडकको १० मिटर दायाँबायाँमध्ये नौ मिटरमा कालोपत्र गरिनेछ। सडकको एक/एक मिटरमा नाला निर्माण हुनेछ। धुँवा र धुलोबाट आक्रान्त भएका यहाँका स्थानीयवासीलाई मोटरमार्ग कालोपत्र भएपछि सहज हुनेछ। उक्त सडक एक निर्वाचन क्षेत्र एक सडकअन्तर्गतको योजना हो।
ट्रयाक खुलेको लामो समयपछि मोटरमार्गमा कालोपत्रको काम सुरु भएपछि स्थानीयवासी खुसी भएको मोटरमार्ग उपभोक्ता समितिका अध्यक्ष गञ्‍जसिंह गुरुङले बताए। सडक कच्ची हुँदा घाम लाग्दा धुलो र पानी पर्दा हिलो हुने समस्याले यहाँका स्थानीयवासी आक्रान्त हुँदै आएको गुरुङले बताए। “सडक कालोपत्र सम्पन्‍न भएसँगै धुलोको समस्याबाट मुक्ति पाइने भएको छ,” गुरुङले भने। रासस
" /> दमौली। तनहुँको भीमाद नगरपालिका ५ र ६ जोड्ने ऋषिङपाटनमा आगामी वैशाखसम्म कालोपत्र सम्पन्‍न हुने भएको छ। गण्डकी प्रदेश सरकारको सहयोगमा भीमाद ऋषिङपाटनमा कालोपत्रको काम अगाडि बढेको हो।
गत वर्षको मङ्सिर पहिलो सातादेखि काम सुरु गरिए पनि कोभिडका कारण बीचमा काम प्रभावित भएको पूर्वाधार विकास कार्यालय तनहुँले जनाएको छ। वैशाखसम्म सडक कालोपत्र सम्पन्‍न गर्ने गरी काम अगाडि बढेको कार्यालयका प्रमुख ओमराज ढुङ्‍गानाले जानकारी दिए।
सडक कालोपत्र गर्ने म्याद वि.सं. २०७७ पुस २२ गतेसम्म रहे पनि २५ प्रतिशत समयअवधि थप भएको छ। “बेस हाल्न सुरु भइसकेको छ, वैशाखसम्म काम सम्पन्‍न गर्ने निर्माण व्यवसायीले प्रतिबद्धता जनाएका छन,” ढुङ्‍गानाले भने।
ट्रयाक खुलेको २४ वर्षपछि उक्त मार्ग कालोपत्र हुन लागेको हो। गण्डकी प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयमार्फत १२ करोड ७८ लाख ९८ हजार पाँच सय ७३ रुपैयाँको लागतमा सडक कालोपत्रको ठेक्का लागेको छ। उक्त सडकको ट्रयाक वि.सं. २०५२ मा खुलेको थियो। सडक कालोपत्रका लागि काठमाडौंस्थित महालक्ष्मी कन्स्ट्रक्सन कन्सर्नसँग गत असोज २३ गते सम्झौता भएको थियो।
छ किमी सडकको १० मिटर दायाँबायाँमध्ये नौ मिटरमा कालोपत्र गरिनेछ। सडकको एक/एक मिटरमा नाला निर्माण हुनेछ। धुँवा र धुलोबाट आक्रान्त भएका यहाँका स्थानीयवासीलाई मोटरमार्ग कालोपत्र भएपछि सहज हुनेछ। उक्त सडक एक निर्वाचन क्षेत्र एक सडकअन्तर्गतको योजना हो।
ट्रयाक खुलेको लामो समयपछि मोटरमार्गमा कालोपत्रको काम सुरु भएपछि स्थानीयवासी खुसी भएको मोटरमार्ग उपभोक्ता समितिका अध्यक्ष गञ्‍जसिंह गुरुङले बताए। सडक कच्ची हुँदा घाम लाग्दा धुलो र पानी पर्दा हिलो हुने समस्याले यहाँका स्थानीयवासी आक्रान्त हुँदै आएको गुरुङले बताए। “सडक कालोपत्र सम्पन्‍न भएसँगै धुलोको समस्याबाट मुक्ति पाइने भएको छ,” गुरुङले भने। रासस
"> ऋषिङपाटन सडक कालोपत्र नयाँ वर्षसम्ममा सकिने: Dekhapadhi
ऋषिङपाटन सडक कालोपत्र नयाँ वर्षसम्ममा सकिने
ट्रयाक खुलेको २४ वर्षपछि उक्त मार्ग कालोपत्र हुन लागेको हो। गण्डकी प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयमार्फत १२ करोड ७८ लाख ९८ हजार पाँच सय ७३ रुपैयाँको लागतमा सडक कालोपत्रको ठेक्का लागेको छ। उक्त सडकको ट्रयाक वि.सं. २०५२ मा खुलेको थियो। सडक कालोपत्रका लागि काठमाडौंस्थित महालक्ष्मी कन्स्ट्रक्सन कन्सर्नसँग गत असोज २३ गते सम्झौता भएको थियो।
छ किमी सडकको १० मिटर दायाँबायाँमध्ये नौ मिटरमा कालोपत्र गरिनेछ। सडकको एक/एक मिटरमा नाला निर्माण हुनेछ। धुँवा र धुलोबाट आक्रान्त भएका यहाँका स्थानीयवासीलाई मोटरमार्ग कालोपत्र भएपछि सहज हुनेछ। उक्त सडक एक निर्वाचन क्षेत्र एक सडकअन्तर्गतको योजना हो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्