वाणिज्य विभाग र फोनपेबीच व्यवसायीलाई निःशुल्क क्यूआर कोड दिने सम्झौता
<p>काठमाडौं। वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग र फोन पेबीच व्यवसायीलाई निःशुल्क क्यूआर कोड उपलब्ध गराउने सम्झौता भएको छ।</p>
<p>प्रवक्ता शिवराज शेढाईले बताएअनुसार विभागको सेवा सुविधा डिजिटाइजेसन बनाएसँगै सबै काम अनलाइनबाट हुन थालेको छ।</p>
<p>फोन पेसँगको सम्झौतापछि व्यवसायीहरूले विभागमा व्यवसाय दर्ता गर्दा लाग्ने निःशुल्क क्यूआर कोडमार्फत् भुक्तानी गर्न सक्नेछन्। यससँगै विभागमा तिर्नुपर्ने करलगायत जरिवाना रकमसमेत यही माध्यमबाट तिर्न सकिने बताइएको छ।</p>
<p>यस सम्झौताबाट २०७८ असार मसान्तसम्म करिब एक लाख व्यवसायीले लाभान्वित हुने विभागले अनुमान गरेको छ।</p>
प्रतिक्रिया दिनुहोस्