चितवन। ऐतिहासिक महत्त्वको दियालो बङ्गलालाई पर्यटकीय क्षेत्रका रूपमा विकास गर्दै सर्वसाधारणका लागि खुला गर्ने तयारी गरिएको छ।

नेपाल ट्रष्ट सञ्चालक समितिको यही माघ ११ गतेको बैठकले सो बङ्गलालाई पर्यटकीय स्थलका रूपमा प्रवर्द्धन गर्ने निर्णय गरेको हो। नेपाल पर्यटन बोर्डसँग समन्वय गरी कार्यविधि मस्यौदा सञ्चालक समितिसमक्ष पेश गर्न व्यवस्थापनलाई सहमति दिने निर्णय गरिएको छ। ट्रष्टका प्रवक्ता डा. भीष्मकुमार भुसालले बङ्गलामा टिकट लिएर सर्वसाधारणलाई प्रवेशको अनुमति दिन लागिएको बताए।

हाल बङ्गला क्षेत्रका भवनहरू मर्मतसम्भार र रङ्गरोगन गरेर आवश्यक अस्थायी संरचना निर्माण गरी पर्यटन प्रवर्द्धन गर्न बङ्गला खुला गरिँदै छ। प्रवक्ता भुसालले भने, “शुरुमा हामी बोर्ड र भरतपुर महानगरसँग परामर्श गरेर काम अघि बढाउँछौँ।” सो ठाउँको हाल नेपाली सेनाले सुरक्षा दिँदै आएको छ।

जिल्लाको प्रमुख शहर नारायणगढ बजार नजिकैको सो बङ्गला जङ्गलभित्र एकान्तमा छ। उक्त दरबार यतिबेला हेरचाह र प्रयोगविहीन भएकाले ओझेलमा परेको छ।

वि.सं. २०२६ मा निर्मित सो बङ्गला राजा र राजपरिवारका सदस्यले काठमाडौँको कोलाहाल छल्न आउने मुख्य गन्तव्य बनेको थियो। राजा आइरहने भएकाले दियालो बङ्गला झकिझकाउ हुने गर्थ्यो। त्यसो त राजा महेन्द्रको निधन यही दरबारमा भएकाले र यससँगै पवित्र तीर्थस्थल देवघाटको मुख्य प्रवेशद्वार भएकाले पनि यो दरबारको महत्त्व बढी भएको हो।

पूर्वराजपरिवारको सम्पत्तिको संरक्षण नेपाल ट्रष्टले गरिरहेको छ। उक्त ट्रष्टको एकाइ कार्यालय आँपटारीमा छ। दरबारभित्र पहिलो तलामा ठूलो बैठक कक्ष छ, जसको भित्तामा पूर्वराजारानी महेन्द्र र वीरेन्द्रको तस्बिर देख्न सकिन्छ। भर्‍याङमा २०२६ सालमा राजा महेन्द्रले सिकार गरी मारेको घडियाल गोही सजाएर राखिएको छ। भित्तामा बाघको टाउको जस्ताको तस्तै अवस्थामा छ।

दरबारमा पाँचवटा खोपी (बेडरुम) छन्। १ नं खोपी मुमा रत्नराज्यको हो भने २ नं राजा र ३ नं रानी, ४ र ५ राजपरिवारका अन्य सदस्यको भएको त्यहाँ कार्यरत कर्मचारीहरू बताउँछन्। राजपरिवारले प्रयोग गरेका सामग्री अहिले पनि यथावत छ।

छेउमा दरबारका महिला सुसारेका लागि ‘नानीगञ्ज’ छ भने सँगै राजाको सुरक्षा गार्डका लागि ‘एडिसी क्वाटर’ र केही पर ग्यारेज छ। त्यहाँको पौडी पोखरीमा अहिले पानी छैन। कपडा फेर्नका लागि बनाइएको आडैको घरमा ट्रष्टको कार्यालय छ।

भुसालका अनुसार ५७ बिघा १३ कट्ठा सात धुरमा बङ्गला क्षेत्र फैलिएको छ। बङ्गलाको पश्चिमतर्फ नारायणी नदीले पनि दरबार क्षेत्रको सौन्दर्य बढाएको छ। दरबार परिसरको बगैँचा अहिले पनि यथावत छ।

चितवन देशको तेस्रो पर्यटकीय गन्तव्य हो।

रासस

" /> चितवन। ऐतिहासिक महत्त्वको दियालो बङ्गलालाई पर्यटकीय क्षेत्रका रूपमा विकास गर्दै सर्वसाधारणका लागि खुला गर्ने तयारी गरिएको छ।

"> दियालो बङ्गलालाई पर्यटकीय क्षेत्रका रूपमा विकास गरिने: Dekhapadhi
दियालो बङ्गलालाई पर्यटकीय क्षेत्रका रूपमा विकास गरिने

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्