काठमाडौं। हेटाैंडा उपमहानगरपालिकामा व्यावसायिक क्रियाकलापलाई विस्तार तथा व्यापारिक केन्द्रको रूपमा विकास गरिने भएको छ।
यसका लागि उपमहानगरपालिका र नगर विकास कोषबीच हेटौंडामा व्यवस्थित बस टर्मिनल भवन निर्माणका लागि ऋण सम्झौता भएको छ।
उपमहानगरपालिका र कोषबीच २० करोड ६९ लाख ९८ हजार रूपैयाँको सम्झौता भएको हो। सम्झौतामा उपमहानगरपालिकाका प्रमुख हरिबहादुर महत र कोषका निर्देशक कृष्णप्रसाद सापकोटाले हस्ताक्षर गरेका हुन्।
बनाउन लागिएको टर्मिनल भवन आयोजना निर्माणको अनुमानित कूल लागत ३४ करोड ४९ लाख ९७ हजार रूपैयाँ हो। जसको ६० प्रतिशत ऋण कोषले उपमहानगरपालिकालाई दिएको हो।
बाँकी ४० प्रतिशत लागत उपमहानगरपालिका आफैंले लगानी गर्ने जानकारी दिइएको छ।
बागमती प्रदेशको राजधानीसमेत रहेको हेटौंडामा बन्ने टर्मिनल भवन क्षेत्रमा सानाठूला गरी एक सय ३० वटा गाडी एकै साथ पार्किङ गर्न सकिने छ।
साथै, यस व्यावसायिक भवनभित्रको दुई तले बेसमेन्ट पार्किङमा ९० वटा चार पाङ्ग्रे र दुई सय ५० वटा दुई पाङ्ग्रे सवारी पार्किङ गर्न मिल्ने बताइएको छ।
" /> काठमाडौं। हेटाैंडा उपमहानगरपालिकामा व्यावसायिक क्रियाकलापलाई विस्तार तथा व्यापारिक केन्द्रको रूपमा विकास गरिने भएको छ।यसका लागि उपमहानगरपालिका र नगर विकास कोषबीच हेटौंडामा व्यवस्थित बस टर्मिनल भवन निर्माणका लागि ऋण सम्झौता भएको छ।

">