काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले मेला÷महोत्सव मुलुकको अर्थतन्त्रको ऐना भएको बताएका छन्। आज व्यापार मेला समितिको विस्तार गर्ने क्रममा गोल्छाले यस्तो बताएका हुन्।
उनले भने, “मुलुकको आर्थिक क्षमता देखाउने माध्यम नै मेला महोत्सव हो। महोत्सवले आर्थिक गतिविधि विस्तार, उत्पादन विविधिकरण र नवीनतम उद्यमशीलताको प्रबर्द्धनमा समेत सहयोग पुर्याउँछ।”
अहिले पनि दशकौं पुरानो प्रदर्शनीस्थलमा मेला महोत्सव आयोजना गर्न बाध्य भएकाले मुलुकभित्र विश्वस्तरको प्रदर्शनी कक्षको खाँचो भएको उनको भनाई छ।
त्यसैले निजी क्षेत्रको साझेदारीमा यस्ता संरचना निर्माणका लागि पहल गर्न उनले आज गठित समितिलाई सुझाव दिए।
साथै, उनले महासंघले आयोजना गर्ने मेला महोत्सवलाई अझ बढी स्तरीय र अन्तर्राष्ट्रियस्तरमा आयोजना गर्नका लागि क्रियाशील हुन सुझाव दिए ।
महासंघले आज कार्यकारिणी समिति सदस्य नरेन्द्रकुमार खड्काकोे सभापतित्वमा गठित व्यापार मेला समिति विस्तार गरेको छ।
यस्तै, समितिका सह–सभापतिमा नेपाल हस्तकला महासंघका निवर्तमान अध्यक्ष धर्मराज शाक्य, नेपाल फ्रेट फरवाडर्स एसोसिएसनका उपाध्यक्ष राजेन्द्र संग्रौला, भक्तपुर उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष कृष्णप्रसाद अवाल र नेपाल हाते कागज संघका अध्यक्ष किरण डंगोल छन्।