काठमाडौं। प्रतिनिधिसभा विघटनको विरोधमा रहेका नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड समूहले गरेको नेपाल बन्दको प्रत्यक्ष मार गरिखाने वर्गलाई परेको छ।
पुष्पकमल दाहाल (प्रचण्ड) र माधवकुमार नेपाल समूहले प्रधानमन्त्री ओलीको विरोधमा आज गरेको देशव्यापी आमहड्ताल गरिरहेका छन्। जसको असर आज बिहानैदेखि देशका मूख्य शहर र राजमार्गमा देखिएको छ।
प्रचण्ड समूहले बन्दको घोषणा गरेसँगै उपत्यका लगायत देशका मूख्य शहरका सबैखाले पसल बन्द छन्। यसैगरी, सार्वजनिक यातायातहरू तथा स्कुल कलेजसमेत पूर्ण रुपमा बन्द भएका छन्।
नेतृत्वको आदेश मान्दै प्रचण्ड समूहका कार्यकर्ता आमहड्ताल सफल बनाउन बिहानैदेखि लागि परेका छन्। उनीहरूले बन्द नभएका सटर/पसल तथा सार्वजनिक तथा निजी सवारी साधनलाई रोकेका छन्।
आमहड्तालको मूख्य मारमा बिहानबेलुका चूल्हो बाल्नलाई दिनभरी काम गर्ने गरिखाने वर्ग परेका छन्। बन्दको अवज्ञा गरेकोभन्दै ट्याक्सी तथा ट्रकसहित सवारी साधानमा तोडफोड गरिएको छ।
यस्तै, मजदुर र बन्दकर्ताबीच धरानमा झडप नै भएको प्रहरीले जानकारी दिएको छ। जसले राजनीतिक समस्याको चेपुवामा निम्न तथा मध्यमवर्गका मानिसलाई परेको प्रष्ट देखिन्छ।
बन्द सफल पार्न भन्दै बिहानैदेखि सडकमा उत्रिएका बन्दकर्ताले गोगंबुमा एउटा ट्याक्सीमा आगजानी गरेका छन्। रानीपोखरी प्रहरीका अनुसार मोटरसाइकलमा आएका उनीहरूले प्रदेश ३–०१००२ ज ५८८१ नम्बरको ट्याक्सीमा आगजानी गरेका हुन्।
चावहिल जान भनेर चढेका बन्दकर्ताले ट्याक्सीमा आगो लगाएर भागेको प्रहरीले बताएको छ। यसरी, निजी सवारी साधान चल्नै नपाउने र चलेको अवस्थामा आगजानी गर्दा श्रमजीवी ट्याक्सी चालकहरूलाई समस्या परेको छ।
बन्दकर्ताले उपत्यकासहित देशका विभिन्न स्थानमा चलेका सवारी साधनमा तोडफोड गरेका छन्। प्रहरीले दिएको जानकारीअनुसार उपत्यकाको मित्रपार्कमा एउटा बस र गोगंबुमा टाटा सूमो तोडफोड गरेका छन्। यसैगरी, उनीहरूले चितवनको भरतपुरमा चारवटा ट्रकमाथि तोडफोड गरेको बताइएको छ। जिल्ला प्रहरी कार्यालय चितवनकाअनुसार काठमाडौंबाट नारायणगढतर्फ आउँदै गरेका दुई र वीरगञ्जबाट पोखरातर्फ जाँदै गरेको एउटा ट्रक तोडफोड गरेका हुन्।
बन्दकर्ताले ना३ख ३९३, ना१क १४३५ र ना८ख ४४८० नम्बरको ट्रक तोडफोड गरेको प्रहरीले बताएको छ। मोटरसाइकलमा आएका बन्दकर्ताले भरतपुर महानगरपालिका–१ भतेरीमा ट्रक तोडफोड गरेका हुन्।
यस्तै, टाँडीबाट नारायणगढतर्फ आउँदै गरेको ना४ख ८८५५ नम्बरको मालबाहक ट्रकलाई भरतपुर महानगरपालिका-१२ मिलनचोकमा तोडफोड गरिएको छ।
देशभरको बन्दलाई कडा पार्ने लक्ष्यसहित सडकमा निस्किएका प्रचण्डका कार्यकर्ता र मजदुरबीच धरानमा झडप भएको प्रहरीले बताएको छ।
प्रहरीकाअनुसार बिहीबार बिहानै बन्दकर्ता र मजदुरबीच सामान्य झडप भएको हो। उनीहरूबीच केही समयको विवादपछि स्थिती सामान्य बनेको थियो।
बन्द सफल पार्न भन्दै दैनिक ज्याला मजदुरी गरेर छाक टार्ने मजदुरलाई आफ्नो गन्तव्यमा जान नदिई रोक्दा मुख्य मारमा गरिखाने वर्ग परेका हुन्।
यीसँगै देशभरका साना/ठूला पसल बन्द भएका छन्। जसले गर्दा साना व्यापारीहरू पनि बन्दको चपेटामा परेका छन्।