काठमाडौं। प्रधानमन्त्रीकेपी शर्मा ओलीले कालीगण्डकी करिडोर २२० केभी प्रसारण लाइन आयोजनाअन्तर्गत पर्वतको कुश्मादेखि म्याग्दीको दानासम्मको पहिलो खण्ड उद्घाटन गरेका छन्।
प्रधानमन्त्री ओलीले सोही आयोजनाअन्तर्गत कुश्मा नगरपालिका-२ खुर्कोटस्थित २२०/१३२ केभी र म्याग्दीको अन्नपूर्ण गाउँपालिका-३ दानास्थित २२०/१३२/३३ केभी सबस्टेसनको पनि उद्घाटन गरेका हुन्। प्रधानमन्त्री ओलीले प्रसारण लाइन र दुई सबस्टेसनको बिहीबार काठमाडौंबाट भर्चुअल माध्यमबाट उद्घाटन गरेका हुन्।
कुश्मामा भएको उद्घाटन कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री टोपबहादुर रायमाझी, गण्डकी प्रदेशका उद्योग, पर्यटन तथा वातावरणमन्त्री विकास लम्साल, नेपाल विद्युत प्राधिकरणका कामु कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य, उपकार्यकारी निर्देशकहरू रामजी भण्डारी, दीर्घायूकुमार श्रेष्ठ, मनोज सिलवाललगायत सहभागी भएका छन्।
प्रधानमन्त्री ओलीले मुलुकबाट लोडसेडिङ अन्त्य भई नेपाल विद्युत् निर्यात गर्ने अवस्थामा पुगेको बताए। उनले भने, “विद्युत् उत्पादन र प्रसारणतर्फका निर्माणाधीन आयोजनाहरु सम्पन्न भएपछि नेपाल छिमेकी देशहरूलाई विद्युत् बिक्री गरी आयआर्जन गर्न सक्षम हुने छ।”
मन्त्री रायमाझीले प्रसारण लाइनको पहिलो खण्ड निर्माण सम्पन्न भई संचालनमा आइसकेकाले अब दोस्रो खण्ड निर्माणमा केन्द्रीत हुन प्राधिकरणलाई निर्देशन दिए।
कालीगण्डकी र यसका सहायक नदीहरूमा निर्माण हुने जलविद्युत आयोजनाहरूको विद्युत प्रवाहका लागि नेपाल सरकार तथा प्राधिकरणको लगानी र एसियाली विकास बैंकको सहुलियतपूर्ण ऋणमा कालीगण्डकी करिडोर प्रसारण लाइनको निर्माण सुरु गरिएको हो। करिडोरको दोस्रो खण्डअन्तर्गत कुश्माबाट नवलपरासीको भुमही (न्यू बुटवल सबस्टेसन) सम्मको प्रसारण लाइन निर्माण पनि भइरहेको छ।
कामु कार्यकारी निर्देशक शाक्यले कालीगण्डकी नदी बेसिनमा निर्माणधीन र आगामी दिनमा निर्माण हुने जलविद्युत आयोजनाको विद्युत् प्रवाहका लागि प्रसारण लाइनको पूर्वाधार तयार भएको बताए। उनले दोस्रो खण्डको निर्माणलाई पनि तिब्रता दिन हरसम्भव प्रयास भैरहेको बताए।
३९.६ किलोमिटर लम्बाइ भएको पहिलो खण्डको प्रसारण लाइनमा एक सय १० वटा टावरहरू रहेका छन्। प्राधिकरणले सहायक कम्पनीमार्फत निर्माण गरिरहेको ४० मेगावाटको रघुगंगा जलविद्युत आयोजनाले निर्माण गर्ने चारवटासहित यस खण्डमा एक सय १४ टावरहरू रहनेछन्।
दाना सवस्टेशनमा ३३.३३ एमभीएका तीनवटा र एकवटा २५ एमभीएको एउटा पावर ट्रान्सफर्मर जडान भएका छन्। खुर्कोट सवस्टेशनमा ३३.३३ एमभीएका तीनवटा गरी १००/१०० एमभीएका ट्रान्सफर्मर जडान भएका छन्। यी सबस्टेसनहरूमार्फत त्यस क्षेत्रमा पनि विद्युत् वितरण गरिने जनाइएको छ।
प्रधिकरणको आयोजना व्यवस्थापन निर्देशनालयमार्फत अगाडि बढाइएको आयोजनाको पहिलो खण्ड र सबस्टेसनहरू निर्माणका लागि अप्रिल २०१६ मा टाटा प्रोजेक्ट र चिन्ट इलेक्ट्रिक कम्पनीको संयुक्त उपक्रम (जेभी)सँग दुई अर्ब ७४ करोड रुपैयाँमा ठेक्का सम्झौता भएको थियो। कम्पनीले ३० मे २०१६ बाट निर्माण सुरु गरेको थियो।