काठमाडाैं। नेपालको दूरसञ्चातर सेवामा अग्रणी संस्थाका रुपमा स्थापित नेपाल टेलिकम (नेपाल दूरसञ्चांर कम्पनी लिमिटेड) १७ वर्ष पूरा गरी अठारौँ वर्षमा प्रवेश गरेको छ। सरकारले अघि सारेको डिजिटन नेपाल अवधारणालाई सार्थक बनाउन टेलिकमले देशको दुर्गम क्षेत्रमासमेत उच्चतम प्रविधिको प्रयोगमार्फत सेवा ग्राहकसमक्ष सेवा प्रदान गर्दै आएको छ।
मुलुकमा दूरसञ्चाार सेवाको सुरुआत, विकास र विस्तारको एक शताब्दीभन्दा लामो गौरवशाली इतिहास बोकेको संस्था वि.सं. २०६० माघ २२ गते ‘कम्पनी’मा रुपान्तरण भएको थियो।
टेलिकमले कम्पनीको १७औँ वार्षिकोत्सवका अवसरमा बिहीबारदेखि मुलुकभर फोरजी मोबाइलमा चलाउन मिल्नेगरी आकर्षक सुविधासहित फोरजी वायरलेस होम ब्रोडब्याण्ड सर्भिस र मेसिन टू मेसिन डेटा र एसएमएस सेवाको सुरुआत गरेको छ। सेवाग्राहीको चाहना तथा बजारको मागलाई दृष्टिगत गर्दै अगाडि बढेको टेलिकमको सेवा मुलुकको करिब ७० प्रतिशत जनसङ्ख्यामा कुनै न कुनै सेवाको पहुँच पुगिसकेको छ।
१७ वर्षअघि स्थापना हुँदा कम्पनीको ग्राहक आधार करिब चार लाख २२ हजार मात्रै भए पनि त्यसलाई वृद्धि गर्दै हाल दुई करोड नौ लाख पुगेको छ। कम्पनीले मुलुकको ७७ वटै जिल्लामा ताररहित प्रविधिमा आधारित फोर जी मोबाइल र डेटा सेवा तथा ४२ जिल्लामा अप्टिकल फाइबरमा आधारित एफटीटीएच सेवा सञ्चाोलनमा ल्याएपछि ग्राहक आधारमा निरन्तर वृद्धि भइरहेको प्रबन्ध निर्देशन डिल्लीराम अधिकारीले जानकारी दिए।
कम्पनीले आधारभूत टेलिफोन, ताररहित मोबाइल, अति दुर्गम विकट स्थानमा स्याटेलाइट प्रविधिमा आधारित टेलिफोन सेवा, इन्टरनेटर डेटा सेवा तथा अन्य सेवा उपलब्ध गराउँदै आएको छ। एफटीटीएच सेवाअन्तर्गत एउटै फाइबरका माध्यमबाट डेटा र भ्वाइस उपलब्ध भइरहेकामा गत जनवरी १ तारिखमा एनटीटीभी ब्राण्डमा आइपीटीभी सेवाको सुभारम्भ भएपश्चा्त् भ्वाइस, डेटा र भिडियोको अवधारणा कार्यान्वयन गर्नसमेत टेलिकम सफलता भएको छ।
निर्देशक अधिकाकारीले भने, “कम्पनीको ग्राहक आधार आधारभूत सेवातर्फ २०७६ असार मसान्तमा करिब दुई करोड २७ लाख (७६.९५५ टेली घनत्व) रहेको थियो भने करिब २० लाख निष्क्रिय ग्राहक सिस्टमबाट हटाउने क्रममा २०७७ असार मसान्तमा ग्राहक आधार करिब दुई करोड (६७.७६ प्रतिशत टेलिघनत्व) पुगे तापनि ग्राहक आधारमा क्रमिकरुपमा वृद्धि हुँदै २०७७ मङ्सिर मसान्तसम्म ग्राहक आधार दुई करोड नौ लाख (६९.८५ टेलिघनत्व) पुगेको छ।”
सोमध्ये जीएसएम मोबाइलका ग्राहक एक करोड ८४ लाख ३१ हजार, सीडीएमए सेवाका १८ लाख आठ हजार र पीएसटीएन सेवाका ग्राहक छ लाख १७ हजार रहेका छन्। त्यसैगरी एफटीटीएच भ्वाइस सेवाका ग्राहक ७१ हजार तीन सय रहेका छन्। वि.सं. २०७७ कात्तिक महिनाको नेपाल दूरसञ्चाषर प्राधिकरणको एमआइएस रिपोर्टअनुसार भ्वाइस सेवातर्फ कम्पनीको बजार हिस्सा कूल ५३.६५ प्रतिशत रहेको छ।
त्यसैगरी इन्टरनेट डेटा सेवातर्फ कम्पनीको डेटा (इमेल, इन्टरनेट आदि) सेवाका प्रयोगकर्ता २०७७ मङ्सिर महिनाको अन्त्यसम्ममा कूल एक करोड ६४ लाख नौ हजार पाँच सयभन्दा बढी पुगेको छ। सोमध्ये जीएसएम मोबाइलको डेटा सेवाका प्रयोगकर्ता एक करोड ५९ लाख ९९ हजार, एडीएसएल सेवाका प्रयोगकर्ता एक लाख ८१ हजार पाँच सय, एफटीटीएच डेटा सेवाका प्रयोगकर्ता ६८ हजार र वाइम्याक्स सेवाका प्रयोगकर्ता १८ हजार पाँच सय रहेका छन्। जीएसएम फोरतर्फ हालसम्म करिब २५ लाख ग्राहक पुगिसकेको छ।
आव २०७६/७७ मा कम्पनीको आय ४२ अर्ब ९८ करोड रुपैयाँ पुगेको छ भने कम्पनीको खुद मुनाफा नौ अर्ब ७४ करोड रुपैयाँ भएको छ। मुलुकको अर्थतन्त्रमा कम्पनीले पुर्यारएको योगदान हेर्ने हो भने आव २०७५/७६ मा कर तथा गैरकर गरी कम्पनीले ३३ अर्ब ३० करोड रुपैयाँ (कूल आयको ७५ प्रतिशत) रकम योगदान गरेको थियो भने यस आव २०७६/७७ मा ३५ अर्ब पाँच करोड रुपैयाँ (कूल आयको ८१ प्रतिशत) योगदान गरेको छ।
त्यसैगरी टेलिकमले पूर्वाधार विकासतर्फ मध्यपहाडी लोकमार्गलाई आधार मानी प्रदेश १, २ र बागमतीका जिल्ला, नगरपालिका र गाउँपालिकालाई समेट्ने गरी अप्टिकल फाइबर बिछ्याउने कार्य द्रूतगतिमा अघि बढाइएको छ। कर्णाली र सुदूरपश्चिम प्रदेशअन्तर्गत पर्ने मध्यपहाडी लोकमार्गमा समेत अप्टिकल फाइबर बिछ्याउने गरी हालै सम्झौता भई कार्य अगाडि बढाइएको छ।
कम्पनीले बागमती सरसफाइ महाअभियानमा सहभागिता तथा सहयोग गर्नुका साथै नेपालमा फुटबल खेलको विकास तथा खेलाडीको व्यावसायिकतालाई सहयोग पुर्या उने उद्देश्यले नेपालको ए डिभिजन फुटबलको विभागीय टिम नेपाल पुलिस क्लबलाई वि.सं. २०६८ देखि नियमितरुपमा प्रयोजन गर्दै आइरहेको।
त्यसैगरी भूकम्प प्रभावित तथा अन्य दुर्गम १७ जिल्लामा आईसीटी सेन्टर स्थापना गरेको छ। टेलिकमले सञ्चापर तथा सूचना प्रविधि मन्त्रालय र नेपाल दूरसञ्चासर प्राधिकरणको सहकार्य र सहमतिमा दूरसञ्चार पूर्वाधार सेवा प्रदायक कम्पनी गठन गरी सञ्चाचलन गर्ने र पूर्वाधारको प्रयोगमार्फत लागत कम गराई सेवालाई सस्तो बनाउने भएको छ। रासस
" /> काठमाडाैं। नेपालको दूरसञ्चातर सेवामा अग्रणी संस्थाका रुपमा स्थापित नेपाल टेलिकम (नेपाल दूरसञ्चांर कम्पनी लिमिटेड) १७ वर्ष पूरा गरी अठारौँ वर्षमा प्रवेश गरेको छ। सरकारले अघि सारेको डिजिटन नेपाल अवधारणालाई सार्थक बनाउन टेलिकमले देशको दुर्गम क्षेत्रमासमेत उच्चतम प्रविधिको प्रयोगमार्फत सेवा ग्राहकसमक्ष सेवा प्रदान गर्दै आएको छ।मुलुकमा दूरसञ्चाार सेवाको सुरुआत, विकास र विस्तारको एक शताब्दीभन्दा लामो गौरवशाली इतिहास बोकेको संस्था वि.सं. २०६० माघ २२ गते ‘कम्पनी’मा रुपान्तरण भएको थियो।

">