काठमाडौं। उपत्यकाका ट्याक्सी व्यवसायीले माइतीघर मण्डलामा प्रदर्शन गरेका छन्। विभिन्न माग राख्दै व्यवसायीले ट्याक्सीसहित र्याली निकालेर प्रदर्शन गरेका हुन्।
नेकपा प्रचण्ड-नेपाल समूहले गरेको आम हड्तालका दिन ट्याक्सीमा गरिएको आगजानीको विरोध गर्दै प्रदर्शन गरेका हुन्। नेपाल राष्ट्रिय मिटर ट्याक्सी व्यवसायी तथा चालक सेवा समाजको आह्वानमा काठमाडौंको माइतीघर मण्डलामा जम्मा भएर प्रदर्शन गरेका हुन्।
समाजका सहसचिव बोहरा अंकलले ट्याक्सीमा भएको आगजानी गर्नेलाई कडा कारवाही गर्नुपर्ने र क्षतिपूर्ति दिनुपर्ने माग अघि सारिएको जानकारी दिए।
त्यस्तै भाडादर वृद्धि गर्नु पर्ने, रातो नम्बर प्लेटको गाडीबाट यात्रु ओसारपसार रोक लगाउनु पर्ने, व्यवसायीको लगानी सुरक्षित गरिनु पर्ने तथा मजदुरको सुरक्षाको ग्यारेन्टी गरिनु पर्ने लगायतका माग अघि सारिएको उनले बताए।
व्यवसायीहरूले बन्द हड्तालको नाममा ट्याक्सीलगायतका सार्वजनिक यातायातका साधन तोडफोड र आगजनी गर्ने कार्य हुँदै आएको उनको भनाइ छ।
ट्याक्सीले एकदिन मानिसहरू बोक्न छोडेको खण्डमा २६ जनाको मृत्यु हुने भन्दै उनले ट्याक्सीले एम्बुलेन्सको काम गर्दै आएको बताए। जसको आन्दोलन वा प्रदर्शन भएपनि ट्याक्सी नै तोडफोड र आगजानीमा पर्ने गरेको उनको भनाइ छ।
“यदि उपत्यकामा एक दिन ट्याक्सी चलाउन बन्द गर्ने हो भने २६ जनाको ज्यान जान्छ।,” उनले भने, “एम्बुलेन्स पुग्न नसकेको ठाउँमा हामी पुगेर विरामीलाई अस्पतालसम्म पुर्याइरहेका हुन्छौं,” उनले भने।
" /> काठमाडौं। उपत्यकाका ट्याक्सी व्यवसायीले माइतीघर मण्डलामा प्रदर्शन गरेका छन्। विभिन्न माग राख्दै व्यवसायीले ट्याक्सीसहित र्याली निकालेर प्रदर्शन गरेका हुन्।नेकपा प्रचण्ड-नेपाल समूहले गरेको आम हड्तालका दिन ट्याक्सीमा गरिएको आगजानीको विरोध गर्दै प्रदर्शन गरेका हुन्। नेपाल राष्ट्रिय मिटर ट्याक्सी व्यवसायी तथा चालक सेवा समाजको आह्वानमा काठमाडौंको माइतीघर मण्डलामा जम्मा भएर प्रदर्शन गरेका हुन्।

">