काठमाडौं। चालु आर्थिक वर्ष २०७७/७८ को पहिलो ६ महिनामा करिव दुई खर्ब रुपैयाँ बराबरको अन्तर्राष्ट्रिय सहायता प्रतिबद्धता प्राप्त भएको छ।
अर्थ मन्त्रालयका अनुसार गत साउनदेखि पुस महिनासम्म एक खर्ब ८७ अर्ब ४३ करोड ६२ लाख ७० हजार रुपैयाँ बराबरको अन्तर्राष्ट्रिय सहायता प्रतिबद्धता प्राप्त भएको हो।
प्राप्त अन्तर्राष्ट्रिय सहायता प्रतिबद्धतामध्ये १८ अर्ब १२ करोड ५२ लाख ५० हजार रुपैयाँ अनुदान सहायता रहेको छ। यस्तै, उक्त अवधिमा एक खर्ब ६९ अर्ब ३१ करोड १० लाख २० हजार रुपैयाँ ऋण सहायता प्रतिबद्धता प्राप्त भएको छ।
अर्थ मन्त्रालयकाअनुसार पछिल्लो तीन महिना (कात्तिक, मंसिर र पुस) मा मात्रै नेपालले एक खर्ब दुई अर्ब चार करोड १३ लाख ६० हजार रुपैयाँको अन्तर्राष्ट्रिय सहायता प्रतिबद्धता गरेको छ।
पछिल्लो तीन महिनामा प्राप्त अन्तर्राष्ट्रिय सहायता प्रतिबद्धतामा अनुदान सहायता १० अर्ब ४४ करोड ६३ लाख ४० हजार रुपैयाँ रहेको छ भने ऋण सहायता ९१ अर्ब ५९ करोड ५० लाख १९ हजार रुपैयाँ रहेको छ।
" /> काठमाडौं। चालु आर्थिक वर्ष २०७७/७८ को पहिलो ६ महिनामा करिव दुई खर्ब रुपैयाँ बराबरको अन्तर्राष्ट्रिय सहायता प्रतिबद्धता प्राप्त भएको छ।अर्थ मन्त्रालयका अनुसार गत साउनदेखि पुस महिनासम्म एक खर्ब ८७ अर्ब ४३ करोड ६२ लाख ७० हजार रुपैयाँ बराबरको अन्तर्राष्ट्रिय सहायता प्रतिबद्धता प्राप्त भएको हो।

">