काठमाडौं। सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले यातायात व्यवसायलाई प्रविधिमैत्री बनाउने प्रतिबद्वता व्यक्त गरे।
सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा आज नेपाल राष्ट्रिय मिटर ट्याक्सी व्यवसायी तथा चालक सेवा समाजका पदाधिकारीसँगको छलफलका क्रममा सरकारका प्रवक्तासमेत रहेका मन्त्री गुरुङले ट्याक्सी, बस, कारलगायतका सार्वजनिक सवारी साधन सञ्चालनको कामलाई प्रभावकारी बनाउन यातायातको क्षेत्रलाई प्रविधिमैत्री बनाउनेमा जोड दिए।
“ग्राहकलाई ठगिन नदिन तथा सडक जामलगायतका समस्या नहुने व्यवस्था मिलाउन पनि यातायात व्यवसायलाई प्रविधिसँग जोडेर अघि बढनुको विकल्प छैन,” मन्त्री गुरुङले भने, "अन्तर्राष्ट्रिय मापदण्डको आधारमा सवारी साधनको सञ्चालन र व्यवस्थापन गर्नु पर्छ।"
समाजका अध्यक्ष पूर्णलाल मोक्तानले जथाभावी भाडा असुली गरिरहेका तथा ऐन विपरीत सञ्चालनमा आएका निजी कार, भ्यान, जीपको अनुगमन गरी कारबाही गर्न माग गरे। समाजले समयसापेक्ष सार्वजनिक सवारी साधनको भाडादरमा समायोजन गर्नुपर्ने, चालक मजदुरीलाई सामाजिक सुरक्षा कोषमा समावेश गर्नु पर्नेलगायत १४ बुँदे मागसहितको ज्ञापनपत्र मन्त्री गुरुङलाई राखेका थिए।
रासस
" /> काठमाडौं। सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले यातायात व्यवसायलाई प्रविधिमैत्री बनाउने प्रतिबद्वता व्यक्त गरे।सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा आज नेपाल राष्ट्रिय मिटर ट्याक्सी व्यवसायी तथा चालक सेवा समाजका पदाधिकारीसँगको छलफलका क्रममा सरकारका प्रवक्तासमेत रहेका मन्त्री गुरुङले ट्याक्सी, बस, कारलगायतका सार्वजनिक सवारी साधन सञ्चालनको कामलाई प्रभावकारी बनाउन यातायातको क्षेत्रलाई प्रविधिमैत्री बनाउनेमा जोड दिए।

">