काठमाडौं। नयाँ वानेश्वरमा गोल्यान समूहले सुरु गरेको अर्गानिक खाद्यान्न ‘माटो’ ब्राण्डको फ्रेन्चाइज खुलेको छ। सप्तरी भारदहका १९ वर्षीय किशोर यादवले माटोको पहिलो फ्रेन्चाइज सुरु गरेका हुन्।
‘माटो’ ब्राण्ड गोल्यान समूहको अर्गानिक कृषि ब्राण्ड हो। जसले आफ्नै खेतबाट किसानको खेतसम्म उत्पादित कृषि सामाग्री बिचौलिया बिनै सिधै उपभोक्तासम्म पुर्याउँछ ।
गोल्यान समूहले झापामा आफ्नै जग्गामा विभिन्न सामाग्रीको उत्पादन समेत गर्छ। यस्तै, किसानसँगबाट सिधै किनेर उपभोक्तासम्म पुर्याउने लक्ष्य माटोले लिएको छ।
आज खुलेको माटो ब्राण्डको फ्रेन्चाइज नयाँ बानेश्वरको लिभरपुल कलेज नजिकैको सुवर्णा मार्गमा छ। जसमा एक ५० प्रकारका तरकारी तथा खाद्यान्नका परिकार छन्।
हाल माटोका स्टोरहरु सानेपा, नारायणथान, कुपन्डोल र गोल्फुटारमा छन्। यसैगरी, आगामी दिनमा ललितपुरको झम्सिखेलमा नयाँ स्टोर खोल्ने तयारीमा गोल्यान समूह छ।
फ्रेन्चाइज सञ्चालक यादवले विस्तारै फ्रेन्चाइजको संख्या बढाउँदै लग्ने बताएका छन्। उनले बानेश्वरबाट सुरु गरेको फ्रेन्चाइज पसल उपत्यकाका अन्य स्थानमा खोल्दै लग्ने बताए।
" /> काठमाडौं। नयाँ वानेश्वरमा गोल्यान समूहले सुरु गरेको अर्गानिक खाद्यान्न ‘माटो’ ब्राण्डको फ्रेन्चाइज खुलेको छ। सप्तरी भारदहका १९ वर्षीय किशोर यादवले माटोको पहिलो फ्रेन्चाइज सुरु गरेका हुन्।‘माटो’ ब्राण्ड गोल्यान समूहको अर्गानिक कृषि ब्राण्ड हो। जसले आफ्नै खेतबाट किसानको खेतसम्म उत्पादित कृषि सामाग्री बिचौलिया बिनै सिधै उपभोक्तासम्म पुर्याउँछ ।

">