काठमाडौं। अर्थमन्त्रालयले आगामी वैशाखमा हुने निर्वाचनका लागि सात अर्ब बजेट सुनिश्चित गरेको छ। निर्वाचन आयोगको मागअनुसार अर्थमन्त्रालयले दुई चरणमा हुने निर्वाचनको स्रोत सुनिश्चित गरेको हो।
अर्थमन्त्री विष्णु पौडेलले आयोगले मागेको बजेट सुनिश्चित गर्दै आफूले हस्ताक्षर गरेको बताए। आज मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अर्थमन्त्री पौडेलले निर्वाचनको बजेटमा आज हस्ताक्षर भएको बताएका हुन्।
“आयोगले मागेको बजेटमा आज मैले हस्ताक्षर गरिसकेको छु। सात अर्ब रुपैयाँ आयोगले मागेको छ,” उनले भने, “चरणबद्धरूपमा निर्वाचन आयोगलाई आवश्यक पर्ने रकम निकासा गर्दै जानेछौं।”
" /> काठमाडौं। अर्थमन्त्रालयले आगामी वैशाखमा हुने निर्वाचनका लागि सात अर्ब बजेट सुनिश्चित गरेको छ। निर्वाचन आयोगको मागअनुसार अर्थमन्त्रालयले दुई चरणमा हुने निर्वाचनको स्रोत सुनिश्चित गरेको हो।अर्थमन्त्री विष्णु पौडेलले आयोगले मागेको बजेट सुनिश्चित गर्दै आफूले हस्ताक्षर गरेको बताए। आज मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अर्थमन्त्री पौडेलले निर्वाचनको बजेटमा आज हस्ताक्षर भएको बताएका हुन्।
“आयोगले मागेको बजेटमा आज मैले हस्ताक्षर गरिसकेको छु। सात अर्ब रुपैयाँ आयोगले मागेको छ,” उनले भने, “चरणबद्धरूपमा निर्वाचन आयोगलाई आवश्यक पर्ने रकम निकासा गर्दै जानेछौं।”
">