काठमाडौं। कृषि तथा पशुपन्छी विकासमन्त्री पद्माकुमारी अर्यालले कालिमाटी फलफूल तथा तरकारी बजारको अनुगमन गरेकी छिन्।
आज (मंगलबार) कालिमाटीस्थित तरकारी बजारमा अनौपचारिक पोशाकमा तरकारी बजार पुगेर अनुगमन गर्दै त्यहाँको बजारको वस्तुस्थितीको बारेमा जानकारी लिएकी हुन्।
मन्त्री अर्यालले बजारको कार्यतालिका र कार्यान्वयनको अवस्थाको रिपोर्ट लिएर फागुन १ गते मन्त्रालयमा उपस्थित हुन कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिलाई निर्देशन दिएकी छिन्। केही कर्मचारीसहित कालीमाटी बजार अनुगमन गर्न पुगेकी मन्त्री अर्यालले तरकारी, माछा, स्टलको भाडा, मूल्य र स्टललगायतका बारेमा जानकारी लिइन्।
फोहोर व्यवस्थापन र स्टललाई व्यवस्थापन गर्न आवश्यक रहेको भन्दै मन्त्री अर्यालले मन्त्रालय र बजार समितिबीच छलफल गरी तत्काल एउटा निष्कर्षमा जाने बताइन। मन्त्रालयले किसान र बजारलाई प्रत्यक्ष जोड्ने विधि बनाउने बताउदै उनले किसानको पसिनाको उचित मुल्य प्राप्त गर्ने वातावरण निर्माण गरिने बताइन्।
" /> काठमाडौं। कृषि तथा पशुपन्छी विकासमन्त्री पद्माकुमारी अर्यालले कालिमाटी फलफूल तथा तरकारी बजारको अनुगमन गरेकी छिन्।आज (मंगलबार) कालिमाटीस्थित तरकारी बजारमा अनौपचारिक पोशाकमा तरकारी बजार पुगेर अनुगमन गर्दै त्यहाँको बजारको वस्तुस्थितीको बारेमा जानकारी लिएकी हुन्।

">