काठमाडौं। भुतपूर्व खेलाडी मञ्च नेपालको आयोजनामा १५औं संस्करणको सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनलाई सफल बनाउन पोखरेली पर्यटन व्यवसायी उत्साहित भएका छन्।
पोखरा पर्यटन व्यवसायीहरूको भेलामा पोखरा म्याराथन सफल बनाउन प्रतिवद्धता जाहेर गरेका छन्। पोखरा महानगरपालिका-६ का अध्यक्ष जगतबहादुर पहारीले पोखरालाई विश्व मानचित्रमा चिनाउन म्याराथनको भुमिका महत्वपुर्ण हुने भएकाले सदा झैं यसवर्ष पनि एकजुट भएर सफल बनाउने बताए।
अग्रज पर्यटन व्यवसायी तथा मञ्चका सल्लाहकार गणेशबहादुर भट्टराईले म्याराथनलाई सफल बनाउन आफ्नोतर्फबाट २५ हजार रुपैयाँ सहयोग गर्ने घोषणा गरे। उनले म्याराथनको सफलताले पोखरालाई खेलकुद पर्यटनको शहरका रुपमा स्थापित गर्ने बताए।
यसैगरी पर्यटन बोर्डका पूर्व सदस्य अग्नी कँडेलले सबैको सहयोगमा म्याराथन सफल हुनेमा विश्वास व्यक्त गरे।
पोखरा पर्यटन कार्यालयका प्रमुख काशी भण्डारी, पर्यटन व्यवसायीको छाता संस्था पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपी भट्टराई, रेवानका अध्यक्ष लक्ष्मण बराल, पर्यटन वोर्डका पूर्व सदस्यद्वय बासु त्रिपाठी र टिकाराम सापकोटा, हानका अध्यक्ष विकल तुलाचनलगायत करिव दर्जन संघ/संस्थाका अध्यक्ष तथा प्रतिनिधीहरूले म्याराथन सफल बनाउन प्रतिवद्धता जाहेर गरेका छन्।
भुतपूर्व खेलाडी मञ्चका अध्यक्ष गुरुङले म्याराथनले खेलकुद पर्यटनमा पार्ने सकारात्मक प्रभावबारे पर्यटन व्यवसायीहरूलाई जानकारी दिएका थिए। पोखराका विभिन्न अस्पताल, एम्वुलेन्स सेवा, फिजियोथेरापी र प्राइभेट कारका सञ्चालकहरूको भेलाले पनि पोखरा म्याराथन सफल बनाउन प्रतिवद्धता जाहेर गरेका छन्।
" /> काठमाडौं। भुतपूर्व खेलाडी मञ्च नेपालको आयोजनामा १५औं संस्करणको सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनलाई सफल बनाउन पोखरेली पर्यटन व्यवसायी उत्साहित भएका छन्।पोखरा पर्यटन व्यवसायीहरूको भेलामा पोखरा म्याराथन सफल बनाउन प्रतिवद्धता जाहेर गरेका छन्। पोखरा महानगरपालिका-६ का अध्यक्ष जगतबहादुर पहारीले पोखरालाई विश्व मानचित्रमा चिनाउन म्याराथनको भुमिका महत्वपुर्ण हुने भएकाले सदा झैं यसवर्ष पनि एकजुट भएर सफल बनाउने बताए।

">