यतीले आन्तरिक उडानमा नयाँ एटिआर-७२ जहाज भित्र्याएर उडान संख्या बढाउने भएको हो।
• जहाज थपिएपछि मार्च महिनाबाट पूर्ण क्षमताका साथ आन्तरिक उडान हुने यती एयरलाइन्सका हवाई सुरक्षा विभाग प्रमुख एवं प्रवक्ता सुदर्शन बर्तौलाले बताए।

जहाज थपेर उडान विस्तार गर्दै यती एयरलाइन्स
काठमाडौं। निजी क्षेत्रको अग्रणी वायुसेवा प्रदायक कम्पनी यती एयरलाइन्सले जहाज थपेर उडान विस्तार गर्ने योजनामा जुटेको छ ।

यतीले आन्तरिक उडानमा नयाँ एटिआर-७२ जहाज भित्र्याएर उडान संख्या बढाउने भएको हो। यतीको एटिआर जहाज माघ महिनाभित्र काठमाडौं आइपुग्नेछ । योसहित यतीसँग छ थान एटिआर जहाज हुनेछन् ।

कोभिड-१९ महामारी नियन्त्रणका लागि देशभर लागू गरिएको बन्दाबन्दीपछि खुलेको आन्तरिक उडानमा यतीले तीन एटिआर जहाजमार्फत आन्तरिक उडान गरिरहेको थियो। आगामी मार्चदेखि यतीले हाल भएका पाँचवटै एटिआर जहाज उडाउनेछ । थपिएको एटिआरले पनि छिट्टै उडान भर्ने कम्पनीको योजना छ।

जहाज थपिएपछि मार्च महिनाबाट पूर्ण क्षमताका साथ आन्तरिक उडान हुने यती एयरलाइन्सका हवाई सुरक्षा विभाग प्रमुख एवं प्रवक्ता सुदर्शन बर्तौलाले बताए।

रासस

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्