काठमाडौं। अनलाइन भुक्तानी सेवा प्रदायक पेवेल कम्पनी सञ्चालनमा आएको छ। नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर चिन्तामणी सिवाकोटीले उद्घाटन गरेका हुन्।
अनलाइन सर्विस प्रोभाइडरका रूपमा बजारमा आएको पेवेल नेपाल वि.स. २०७५ सालदेखि सञ्चालनमा आएको थियो। यस कम्पनीले गत आर्थिक वर्षमा राष्ट्र बैंकबाट भुक्तानी सेवा प्रदायकको इजाजत पाएको थियो।
हाल यस कम्पनीको चुक्तापूँजी एक करोड रुपैयाँ रहेको छ। कम्पनीले सेवा विस्तार गर्न थप पुँजीको आवश्यकता महसुस गर्दै राष्ट्र बैंकसँग १० करोड रुपैयाँ पुँजीकोष बृद्धिको प्रस्ताव गरेकोमा उक्त प्रस्ताव स्वीकृत हुने प्रक्रियामा छ।
कम्पनीले चुक्ता पुँजी बृद्धिसँगै पब्लिक कम्पनीको रुपमा रुपान्तरण गरि सर्वसाधारणमा शेयर जारी गर्ने र नेपाल स्टक एक्सचेञ्जमा सूचिकरण गर्नेसम्मको लक्ष्य लिएको बताइएको छ।
पेवेल नेपाल एक डिजिटल वालेट कम्पनी हो। यसले विभिन्न कारोवारहरूको लागि डिजिटल भुक्तानी सेवा सम्बन्धि कार्य गर्छ। यस कम्पनीले विधुत, खानेपानी, हस्पिटल, होटल, रेस्टुरेन्टको बिल डिजिटलमाध्यमबाट भुक्तानी गर्न सकिनेछ।
यसैगरी, टेलिफोन, इन्टरनेट, टेलिभिजन, स्कुल/क्लेजको शुल्क तिर्न, हवाइ टिकट खरिद र रिचार्ज कार्डसमेत अनलाइन माध्यमबाटै भुक्तानी गर्न सकिन्छ।
भरपर्दो इन्टरनेट सेवा नपुगेका स्थानमा अफलाइन प्रविधिमार्फत भुक्तानी सेवा उपलब्ध गराउने तयारी कम्पनीले गरेको छ। त्यसकालागि कम्पनीले एसएमएस र यूएसएसडीजस्ता प्रविधिको प्रयोग गर्ने तयारी गरेको छ।
" /> काठमाडौं। अनलाइन भुक्तानी सेवा प्रदायक पेवेल कम्पनी सञ्चालनमा आएको छ। नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर चिन्तामणी सिवाकोटीले उद्घाटन गरेका हुन्।अनलाइन सर्विस प्रोभाइडरका रूपमा बजारमा आएको पेवेल नेपाल वि.स. २०७५ सालदेखि सञ्चालनमा आएको थियो। यस कम्पनीले गत आर्थिक वर्षमा राष्ट्र बैंकबाट भुक्तानी सेवा प्रदायकको इजाजत पाएको थियो।

">