मुलुकभित्र व्यापार व्यवसाय फस्टाउने वातावरण बनाउनुहोस् : अध्यक्ष गोल्छा
<p>काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले मुलुकभित्र व्यापार व्यवसाय फस्टाउने वातावरण बनाउनु पर्ने बताएका छन्।</p>
<p>उनले आज महासंघको व्यापार समिति विस्तार गर्ने क्रममा बोल्दै मुलुकभित्र व्यापार व्यवसायलाई सहज बनाउन देखापरेका कठिनाईलाई समाधान गर्नतर्फ ध्यान दिने समय आएको बताएका हुन्।</p>
<p>उनले भने, “अनुगमनको समस्या, फेयर ट्रेडको अभ्यास, व्यवसाय लागत कटौतीलगायतमा विषयमा केन्द्रित रहेर समितिले काम गर्नुपर्छ।”</p>
<p>आज महासंघले कार्यकारिणी समितिका सदस्य विजयसिंह बैद्यको सभापतित्वमा व्यापार समिति विस्तार गरेको छ। उक्त समितिको सह-सभापतिहरूमा महासंघको कार्यकारिणी समितिका सदस्य हेमन्त गोल्छा, पूर्व कार्यकारिणी समिति सदस्यहरू ओमप्रकाश बंशल, शिवप्रसाद घिमिरे र उद्यमी निराकर श्रेष्ठ छन्।</p>
प्रतिक्रिया दिनुहोस्