बैतडी। देशभित्रै बेरोजगार युवालाई रोजगारी दिने लक्ष्यसाथ थालिएको प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत बैतडीमा चार हजारभन्दा बढीले रोजगारी पाएका छन्। जिल्लाका १० वटै स्थानीय तहमा गरी चार हजार २८१ ले रोजगारी पाएका हुन्।
स्थानीय तहको रोजगार सेवा केन्द्रमा आवेदन दिएकामध्ये उनीहरू छनोट भएका हुन्। छनोट भएका उनीहरूले एक सय दिनको रोजगारी पाउने जनाइएको छ। बैतडीमा रहेका स्थानीय तहमध्ये सुर्नया गाउँपालिकामा सबैभन्दा बढी आठ सय ३३ जनाले रोजगारी पाएका छन् । गाउँपालिकामा चार हजार दुई सयले आवेदन दिएका थिए।
जिल्लाको पुर्चौंडी नगरपालिकामा चा सय ५४ जना, पाटन नगरपालिकामा सात सय ६२ जना र मेलौली नगरपालिकामा दुई सय ७१ छनोट भएका छन् ।
दशरथचन्द नगरपालिकामा चार सय जना, डिलाशैनी गाउँपालिकामा तीन सय ३४ जना, दोगडाकेदार गाउँपालिकामा दुई सय ७० जना, पञ्चेश्वर गाउँपालिकामा पाँच सय ३८, सिगास गाउँपालिकामा चार सय ५१ र शिवनाथ गाउँपालिकामा चार सय २३ जनाले रोजगारी पाउने छन्।
" /> बैतडी। देशभित्रै बेरोजगार युवालाई रोजगारी दिने लक्ष्यसाथ थालिएको प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत बैतडीमा चार हजारभन्दा बढीले रोजगारी पाएका छन्। जिल्लाका १० वटै स्थानीय तहमा गरी चार हजार २८१ ले रोजगारी पाएका हुन्।स्थानीय तहको रोजगार सेवा केन्द्रमा आवेदन दिएकामध्ये उनीहरू छनोट भएका हुन्। छनोट भएका उनीहरूले एक सय दिनको रोजगारी पाउने जनाइएको छ। बैतडीमा रहेका स्थानीय तहमध्ये सुर्नया गाउँपालिकामा सबैभन्दा बढी आठ सय ३३ जनाले रोजगारी पाएका छन् । गाउँपालिकामा चार हजार दुई सयले आवेदन दिएका थिए।

">